paniविजयपुर/धरानमा जलवायुमैत्री पानी व्यवस्थापनका विषयमा ‘रिसर्च’ शुरु भएको छ । साउथ एशिया इन्स्टिच्युट अफ एड्भान्स स्टडिज (सियास) ले नेपालको धरानसहित धुलिखेल र भारतको उत्तराखण्डका हल्दवानी र मसुरीमा रिसर्च शुरु गरेको छ ।सियासका रिसर्च कोअर्डिनेटर डा. चन्द्रलाल पान्डेले नेपालमा बढ्दो शहरीकरण र पानीको चुनौतीका विषयमा अध्ययन हुने बताए ।

जलवायु परिवर्तन र बढ्दो शहरीकरणले पानीमाथि पारेको चुनौतिको विषयमा रिसर्च केन्द्रित हुने डा. पाण्डेले बताए । बढ्दो शहरीकरणले पानीमा तत्काल देखिने तथा भविष्यमा देखिने समस्याका विषयमा पनि अध्ययन गरिने उनले बताए । तीन वर्षसम्म चल्ने रिसर्चका लागि धरानका आधारभूत बस्ती, सर्दू जलाधार को विषयमा गहिरो अध्ययन हुने पाण्डेको भनाइ छ ।

यसै विषयलाई छलफल गर्न सियासले बिहीबार धरानमा सरोकारवालाहरुसँग अन्तत्र्रिmया पनि गरेको छ । अन्तत्र्रिmयाले धरान खानेपानी बोर्ड संयोजक रहेनगरी सरोकारवाला पक्षहरुसँग छलफल गर्न तथा राय लिन एक साताभित्रमा समिति बनाउने निष्कर्ष निकालेको छ ।धरानमा यो विषयमा अध्ययन हुनु धरानेहरुको अवसर भएको भन्दै सहभागीहरुले धरानको खानेपानी जलवायुमैत्री हुनु पर्नेमा जोड दिए । रिसर्चका लागि प्राकृतिक स्रोत व्यवस्थापनका विशेषज्ञ तथा आइयुसिएनका प्रतिनिधि डा. दीपनारायण शाह, युनिभर्सिटी अफ साउथ वेयल्स अष्ट्रेलियाका प्रोफेसर डा. कृष्ण श्रेष्ठ, सोसल साइन्सका अनुसन्धान अधिकृत कमल देवकोटा, जलवायुमैत्री पानी व्यवस्थापनका अनुसन्धान अधिकृत कस्तुर न्यौपानेको टोली धरान आएको छ ।