युगान्डा डुङ्गा दुर्घटनामा तीसको मृत्यु
कम्पाला (युगान्डा)/क्रिसमसका अवसरमा रमाइलो गर्न निस्केका युगान्डाको एक ग्रामीण बस्तीको फुटबल समूह र उनीहरुका प्रशंसक (फ्यान) चढेको डुङ्गा स्थानीय अल्वर्ट लेकमा डुब्दा यसमा यात्रारत कम्तिमा तीस जनाको मृत्यु भएको युडान्डा प्रहरीले जनाएको छ ।
प्रहरी कमान्डर जोन रुटागिराले एएफपीसँग बताए, “तालमा पानी शान्त थियो । स्थानीय युवाहरु डुङ्गामा यात्रा गर्दै थिए तर उत्साहित युवाहरुले रमाइलो मनाउने क्रममा डुङ्गा एकतर्फ ढल्किएर पानीमा डुब्दा तीस जनाको दुःखद निधन हुन पुग्यो ।” डुङ्गा दुर्घटनापछि तालमा पुगेको उद्धार टोलीले १५ जनालाई भने जीवितै उद्धार गर्न सफल भएको बताइएको छ ।
प्रहरीले स्थानीय माझीको सहयोगमा गरेको उद्धारबाट १५ जनालाई जीवितै उद्धार गर्न सकिएको रुटागिराले बताए । रासस/एएफपी
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























