श्री शालिवाहनीय शाके १९३८ वि.सं २०७३ साल ने.सं. ११३७ पौष १३ गते बुधबार २८ डिसेम्बर २०१६ सौम्यनाम संम्वत्सर दक्षिणायनं हेमन्तऋतु पौष कृष्णपक्षको चतुर्दशीतिथि १०।३८ बजे सम्म उप्रान्त औंसी नक्षत्र ज्येष्ठा ९।४० बजे सम्म उप्रान्त मूल चन्द्रमा राशी बृश्चिक सुर्योदय ६।५५ सूर्यास्त ५।१६ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ):नयाँ कामको शुभारम्भ होला । प्रियजनको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । बौद्धिक काममा सफलता प्राप्त होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): समय उत्तम खालको छ । राजनितिमा आफ्नो वर्चश्व बढाउन सकिनेछ । जग्गा जमिणको कारोबारबाट विशेष लाभ लिन सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): समय मध्यम खालको छ । अर्काको भरमा कुनैपनि काम नछाड्नु होला, विश्वास पात्रबाट धोका हुन सक्छ, संयमित रहनु होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :समय उत्तम खालको छ । जग्गा जमिन तथा भवन प्राप्त होला । दाजुभाई तथा दिदी बहिनीहरुबाट उचित सहयोग मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समय राम्रो छ । धार्मिक यात्राको लागी उपयुक्त समय मान्न सकिनेछ । समाजका गन्यमन्य तथा प्रतिष्ठित व्यक्तिहरु सित रमाईलो भेटघाट होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):समय मध्यम खालको छ । बिग्रिएको सम्बन्धलाई सुधार्ने मौका मिल्ला । रोकीएका अधुराकामहरु सुचारु हुनेछन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):समय सामान्य खालको छ । चिसोका कारण शरिरमा केहि समस्या आइपर्न सक्छ । सानो कामका लागी पनि ठूलै धनराशी खर्च होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):समय राम्रो छ । भूमि तथा बान खरिद गर्ने अवसर मिल्ला, धार्मिक तथा सामाजिक काममा तपाईको विशेष भूमिका रहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):समय उत्तम खालको छ । पैतृक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाईहरु सित रमाईलो भेटघाट हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):आर्यआर्जनका लागि श्रोतहरु आइपर्लान् साथभाईको राम्रै रहला । धातु जन्य कार्य व्यवसाय राम्ररी फस्टाउला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): समय सामान्य खालको छ । आर्थिक क्षेत्रमा सचेत रहनु होला । झुटा आरोपहरु आईपर्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):समय राम्रा छ । अपरिचित व्यक्तिको सहयोग प्राप्त होला । आफूमा भएको सिप र कलाको प्रवर्धनले तपाईलाई अघि बढ्न मद्दत गर्नेछ ।
आजको राशीफल
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































