राष्ट्रपतीय चुनावमा असर गरेको भन्दै ३५ रुसी कुटनीतिज्ञलाई देश निकालाको आदेश
एजेन्सी/कार्यकाल पूरा हुनै लागेका अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपतीय चुनावलाई प्रभावित पारेको आरोपमा ३५ जना रुसी कूटनीतिज्ञलाई देश निष्कासन गर्न आदेश दिएका छन्।
ओबामाले रुसले कम्युटरमा अनधिकृत प्रवेश अर्थात् ह्याकिङ्मार्फत अमेरिकी राष्ट्रपतीय चुनाव प्रभावित पारेको आरोप लगाउँदै देश निकालाको निर्देशन दिएका हुन् । ७२ घण्टा भित्र अमेरिका छाड्न आदेश दिएको हो । निष्कासनमा परेका रुसी कूटनीतिज्ञहरु वासिङ्टन डीसीस्थित दूतावास र सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावासका कमर्चारीहरु छन्।
गुप्तचरी सूचना संकलनका लागि रुसले अमेरिकामा प्रयोग गर्दै आएको दुई वटा कम्पाउण्ड पनि बन्द गर्ने निर्णय ओबामाले गरेका छन्। राष्ट्रपति ओबामाले डेमोक्रयाटिक पार्टीका इमेलहरुको ह्याकिङ दुर्भावनापूर्ण रहेको बताए। र, त्यो उच्च रुसी सरकारी तहबाटमात्रै निर्दे्शित हुन सक्ने उनको भनाइ छ।
यता मस्कोले अमेरिकाका यी आरोपको खण्डन गरेको छ। रुसले पछिल्लो अमेरिकी कदमको कडा जवाफ दिने बताएको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























