वि.सं. २०७३ साल पुस १६ गते। शनिबार। इश्वी सन् २०१६ डिसेम्बर ३१ तारिख। नेपाल संवत् ११३७ पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– द्वितीया, १४:२० बजेउप्रान्त तृतीया।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
कामको चापले जीवनशैली व्यस्त रहनेछ। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ। उपलब्धिविहीन काममा समय बित्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिएला। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। नयाँ काम गर्न केही समय पर्खनुहोला।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
समयमै गम्भीर नबन्दा समस्या थपिन सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। हुलमुलमा धनमाल गुम्न सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। फाइदाका पछि लाग्दा आत्मीय सम्बन्ध बिग्रन सक्छ। उपचारमा खर्च हुने समय छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
परिस्थिति अनुकूल रहे पनि जीवनशैली व्यस्त रहला। भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। आक्षेप लगाउनेहरूले दुस्ख देलान्। बोली(व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सुखदुःखमा साथ दिनेहरू थोरै हुनेछन्। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्यमा रमाउने समय छ। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। शुभचिन्तकहरूले साथ दिनेछन् भने मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। आफ्नो प्रतिभाको कदर हुनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। साथीभाइले साथ नदिन सक्छन्। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। मान(सम्मान प्राप्त हुनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ। बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। मनग्य आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। आँटले काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट धेरै नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। (नेपाली पात्रो)