blastविजयपुर / सुनसरीको विकट र असुरक्षित मानिने श्रीलङ्काटापुमा रहेको स्वास्थ्य केन्द्रका कर्मचारीले तलब नपाएको समाचार ब्लाष्टमा प्रकाशित भएपछि मङ्गलबार उनीहरुले तलब पाएका छन् । विकट र असुरक्षित ठाउँमा बसेर सेवा दिँदापनि चार महिनायता कर्मचारीले तलब नपाएको भन्दै शुक्रबार ब्लाष्टमा समाचार प्रकाशित भएको थियो । पूर्वी नेपालको सुगम र सम्पन्न मानिने सुनसरीको प्रकाशपुर–४ र ५ तथा महेन्द्रनगर गाविसको ५ नम्बर वडामा पर्ने श्रीलङ्काटापुस्थित स्वास्थ्य केन्द्रका अहेब राजेन्द्र थापा र अनमि इन्दु गौतमले तलब नपाएका कारण विस्थापित हुने अवस्थामा पुगेको गुनासो गरेका थिए । समाचार प्रकाशित भएपछि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मुकुन्दराज गौतमले बाँकी रहेको तलब तत्काल खुवाएर नियमित तलब पाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । झण्डै पाँच हजार जनसङ्ख्या रहेको श्रीलङ्का टापुको स्वास्थ्य केन्द्र गत असोज १ गतेबाट पुनः सञ्चालनमा आएको हो । असोजदेखि अहिलेसम्म एक हजारभन्दा बढी स्थानीयले स्वास्थ्य सेवा पाएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । स्वास्थ्य केन्द्रका अहेब राजेन्द्र थापाले आपूmहरुको रोकिएको तलब पाएको जानकारी दिए ।