subediइटहरी/सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) सुनसरीले इटहरीमा सामुदायिक भवन निर्माण गर्ने भएको छ । भवनको शिलान्यास सुकल्पका केन्द्रीय सदस्य पूर्णप्रसाद सुवेदीले शुक्रबार गरेका छन् ।

साथै भवन निर्माणका लागि उनले एक लाख रुपैयाँको चेक समेत सुकल्प सुनसरीका अध्यक्ष गोपाल सुवेदी र भवन निर्माण समिति संयोजक शान्ता सुवेदीलाई हस्तान्तरण गरे ।सुकल्प सुनसरी शाखाको लागि इटहरी निवासी बद्रीप्रसाद सुवेदी र बाबुराम सुवेदीले दुई वर्षअघि इटहरी–२ स्थित आयुर्वेदिक टोलमा एक कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका थिए । सो जग्गामा दुई कोठासहित दुई सय जना अँट्ने हल निर्माण हुने भवन निर्माण समितिका सदस्य भवानी सुवेदीले जानकारी दिए ।भवन शिलान्यास कार्यक्रममा विभिन्न सङ्घसंस्था तथा राजनीतिक दलमा आवद्ध सुवेदी बन्धुको सहभागिता थियो ।

सहभागीहरुबाट थप एक लाख ५० हजार रुपैयाँ समेत प्राप्त भएको छ । भवन निर्माणपछि स्थानीय स्तरका कार्यक्रममा सामुदायिक भवन उपयोगमा आउने नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा सुकल्प सुनसरीका सल्लाहाकार हिमाल सुवेदीले बताए । भवन शिलान्यास कार्यक्रममा सुकल्प सुनसरीका अगुवा छविनाथ, ढुण्डीराज, पूmलराज, महेश, अर्जुन, दिवाकर, मुरारी, केदार, जगन सुवेदी लगायतको सहभाागिता थियो । वैशाख पूर्णिमाका अवसरमा हुने गोठपूजा अब नियमित रुपमा त्यहींं हुने सुकल्प सुनसरीका सदस्य गोकुल सुवेदीले बताए ।