वि.सं. २०७३ साल पुस २६ गते। मंगलबार। इश्वी सन् २०१७ जनवरी १० तारिख। नेपाल संवत् ११३७ पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– त्रयोदशी, २१:३८ बजेउप्रान्त चतुर्दशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अरूको सेवामा खटिँदै गर्दा आफैंलाई समस्या आउन सक्छ। विभिन्न अवसरले पछ्याए पनि मौकाको लाभ उठाउन नसकिएला। शुभचिन्तकहरूले आफ्ना कमजोरीमाथि टिप्पणी वा गुनासो गर्न सक्छन्। द्विविधाले निर्णायक क्षमतालाई कमजोर तुल्याउनेछ। केही समस्या देखिए पनि विवेकले काम लिने प्रयत्न गर्नुहोला। अहिलेको मेहनतले पछिलाई फाइदा दिलाउनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) पहिलेको योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम सम्पादन हुनेछन्। खानपान तथा भेटघाटको अलमलले अवसर गुम्न सक्छ।आस देखाउनेहरूको भर पर्दा अप्ठ्यारो समयमा दुस्ख पाइनेछ। फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। समयमा सजग नबन्दा अध्ययनमा पनि अलि पछि परिने समय छ। तापनि प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) केही मात्रामा खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। प्रतिस्पर्धामा जुट्नुपरे पनि बुद्धिले काम लिँदा बिस्तारै फाइदा हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। ढिलै भए पनि लगनशीलताले फाइदा दिलाउनेछ। लाभ उठाउन हतार गर्दा पछि नोक्सानमा परिएला। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। विदेशबाट रकम हातलागी हुने सम्भावना छ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) आयआर्जनका स्रोत प्रशस्तै देखिए पनि धेरै फाइदा उठाउन नसकिएला। केही रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने परिस्थिति आउन सक्छ। पहिलेको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला। श्रमको राम्रै मूल्यांकन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। दिगो फाइदा हुने जिम्मेवारी भने प्राप्त हुनेछ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) आँटले काम लिन नसक्दा पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। सानातिना काममै अल्झनुपर्नेछ भने पहिलेका समस्या दोहोरिन सक्छन्। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या आइपर्न सक्छ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। धेरैले साथ दिनेछन्। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। गोपनीयता बाहिरिनाले पनि केही समस्या पर्न सक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। तत्काल लाभ नभए पनि मेहनत गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। चिताएको काम पूरा नभए पनि आंशिक फाइदा उठाउन सकिनेछ। आस मारेको कामले पछिका लागि उत्साह जगाउनेछ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रतिष्ठा एवं लोकाचारका लागि अनावश्यक काममा जुट्नुपर्ला। सुविधाका लागि खर्च गर्नुपर्ने देखिन्छ। सुखदुःखमा साथ दिनेहरू थोरै हुनेछन्। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। आफ्नै अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही चुनौतीहरू देखिनेछन्। काममा सोचेको फाइदा उठाउन नसकिएला। प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान्। चिताएका काममा बाधा पुर्याउनेहरू पनि प्रशस्तै हुनेछन्। अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्च बढ्नेछ भने ठगीमा परिने योग भएकाले होसियार रहनुहोला। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। दिगो फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। टाढिएका साथीभाइ तथा आफन्त नजिकिन सक्छन्। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। स्थायी सम्पत्ति जोड्ने समय छ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सहयोगीहरूले हात झिक्नाले समस्यामा परिनेछ। बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्ला। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ। (नेपाली पात्रो)