श्री शालिवाहनीय शाके १९३८ वि.सं २०७३ साल ने.सं. ११३७ पौष २८ गते बिहिबार १२ जनवरी २०१७ सौम्यनाम संम्वत्सर दक्षिणायनं हेमन्तऋतु पौषशुक्लको पूर्णिमा तिथी १७।४० बजे सम्म उप्रान्त प्रतिपढा नक्षत्र पुनर्वशु २६।३८ बजे सम्म तिष्य चन्द्रमाराशी मिथुन सुर्योदय ६।५८ सूर्यास्त ५।२७ मा हुनेछ । मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ):राजनिति तथा आर्थिक क्षेत्रमा सुधार होला । घरजग्गा सम्बन्धी लेनदेन नगर्नु नै उत्तम होला । समय मध्यम खालको छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): कार्यमा विवादित भइएला । मानसिक तनाव बढ्नुका साथै शारीरिक स्वास्थ्यमा समस्या देखा पर्ला । प्रेमपक्ष भने राम्रै छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): अदालति कार्यमा जित हाँसिल होला । शत्रु परास्त्र गर्ने समय रहेको छ । सम्बन्धीत क्षेत्रमा रुचि बढेर जाला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :पराक्रम बढेर जाला । ठूलै कार्यपनि सहजै सम्पन्न होला । धन सञ्चय गर्ने समय आएको छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):व्यवसायिक सफलताा मिल्ला । अध्यायन–अध्यापनमा रुचि बढ्ला । प्रेमपक्षमा भने क्रमशः मात्रै सुधार होला । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):आजको दिन रामै देखिन्छ । उतरार्धतिर भने स्वास्थ्यमा समस्या देखिएला । खानपिनमा बिचार पु¥याउनु होला । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):वैदेशिक रोजगारीको सु–निश्चितता होला । मनमा द्धिविधा उत्पन्न हुन सक्छ । दृण ईच्छा शक्ति बनाउनु होला । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):पारीपारीक जमघटमा रमाईलो गर्दा खर्चको मात्रा बढ्ने देखिन्छ । हड्डी तथा नसा सम्बन्धी समस्याले सताउला । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):अधुराकाम क्रमिक रुपमा पुरा हुनेछन् । साथीभाईबाट सोचे जस्तै सहयोग मिल्नेछ । अध्ययनका लागि विदेश जाने योग छ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):पैतृक चल–अचल सम्पत्ति खरिद–बिक्र हुने सम्भावना छ । भित्रभित्रै डाह गर्नेहरु परास्त हुनेछन् ।कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): मनपर्ने व्यक्तिहरुसँगको भेटघाटले दिन हर्सोउल्लासका साथ बित्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । सजक रहनु होला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): धातु तथा फलामजन्य क्षेत्रमा लगानी गरी मुनाफा आर्जन गर्न सकिनेछ । मनभित्रमो भय तथा चिन्ता उत्साहमा परिणत हुनेछ ।