धरान / महेन्द्र बहुमुखी क्याम्पस धरानका शैक्षिक प्रशासन शाखाका प्रमुख फडिन्द्रप्रसाद निरौलाले छुट्टै कोठामा एक्लै परीक्षा दिईरहेको अवस्थामा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी शाखाले फेला परेको छ । नेपाली विषय एम ए दोश्रोको परीक्षा दिदै गर्दा उनलाई अख्तियारले रङगेहात समातेको हो । परीक्षा प्रमुख आफै रहेका निरौला आफैले परीक्षा मर्यादा उलङ्घन गरेका छन् । केन्द्राध्यक्ष रहेका क्याम्पस प्रमुख चन्द्रकुमार राईलाई यस विषयमा अख्तियारले स्पष्टीकरण सोधेको छ । उजुरी आए पछि पुगेर हेर्दा परीक्षा एक्लै दिएको पाइएको अख्तियारका एक कर्मचारीले बताए । उनलाई कानुन अनुसार कारवाही हुने अख्तियारले जनाएइको छ । यता क्याम्पस प्रमुख चन्द्रकुमार राईले अख्तियारका कर्मचारी आएको पुष्टी गरेका छन् । एक्लै जाच दिएको विषयमा भने निरौला विमारी भएका कारण छुट्टै राखेर परीक्षा दिलाएको दावी गरे । क्याम्पस प्रशासनको मिलेमतोमा परीक्षामा अनियमितता हुने गरेको एक कर्मचारीले बताए । निरौलालाई जोगाउन विमारी भएको बहाना गरेको उनले बताए ।