श्री शालिवाहनीय शाके १९३८ वि.सं २०७३ साल ने.सं. ११३७ माघ ४ गते मङ्गलबार १७ जनवरी २०१७ सौम्य नाम सम्वत्सर, उत्तरायण, शिशिर ऋतु, माघ कृष्ण पक्षको पञ्चमी तिथि १४।१७ बजेसम्म, उप्रान्त षष्ठी । नक्षत्र उत्तरफाल्गुनी २७।१९ बजेसम्म, उप्रान्त हस्ता । चन्द्रमा राशि सिंह, सूर्योदय ६।५७ अस्त ५।३० मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ):समय सामान्य खालको छ । काममा बाधा पु¥याउनेहरुले सताउन सक्छन् । रचनात्मक कार्यक्रममा जुट्दा प्रशस्त लाभ लिन सकिएला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): समय राम्रो छ । पठनपाठन तथा लेखन कार्यमा पूर्ण सफलता मिल्ला । साथीभाइहरुसित रमाईलो भेटघाट एवं खानपिनमा समय मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): धातु तथा जग्गा जमिनको कारोबार राम्ररी फस्टाउला । घरपालुवाबाट उचित सहयोग प्राप्त होला । दिनको उत्तरार्धतिर केही शुभसमाचार सुनिएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :धार्मिक तथा सामाजिक कार्यक्रममा तपाईको विशेष स्थान रहला । समाजका गन्यमन्य तथा प्रतिष्ठित व्यक्तिहरुसित भेटघाट हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):समय उत्तम खालको छ । नयाँ स्थानको रमाइलो भ्रमण होला । वैवाहिक कार्यक्रममा उपस्थित भइएला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):समय राम्रो छ । नयाँ कामको आरम्भ गर्ने सुवर्ण अवसर प्राप्त होला । तरल पदार्थको कारोबार राम्ररी फस्टाउला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):समय उत्तम खालको छ । धातु तथा जग्गा वजमिनको कारोबार राम्ररी फस्टाउला । दिनको उत्तरार्धतिर केही अशुभ समाचार सुन्नमा आउला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):आर्यआर्जनका बाटाहरु बन्नेछन् । मित्रताको साथ र समर्थन प्राप्त होला । रमाइलो यात्राको अवसर प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):समय सामान्य खालको छ । अनावश्यक कामको झमेला आइपर्न सक्छ । विश्वास गरेका व्यक्तिहरुबाट विश्वास घात हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):निराशाजनक कुराको अन्त्य हुनेछ । नयाँ कामको शुभारम्भ गर्ने अवसर प्राप्त होला । गुमेको धन हात पर्ला । मन प्रफूल्ल रहला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): सयम मध्यम खालको छ । काम गर्ने जोश, जाँगर मरेर आउला । कार्यक्षेत्रका लागि केही राम्रा अवसरहरु देखा पर्नेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): समय उत्तम खालको छ । घरमा विशेष कार्यक्रमको आयोजना होला । समाजका गन्यमान्य तथा विशिष्ट व्यक्तिहरुसित भेटघाट हुनेछ ।