आन्ध्रप्रदेशमा रेल दुर्घटना
धरान /भारतको आन्ध्रप्रदेश राज्यमा एक यात्रुवाहक रेल दुर्घटना हुँदा कम्तीमा पनि ३२ जनाको मृत्यु भएको र ५० जना भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।
समाचारअनुसार राज्यको भिजियानागाराम जिल्लाको कुनेरु स्टेशननजिक हिराखण्ड एक्सप्रेस रेलका २२ मध्ये ९ डिब्बाहरु लिकबाट बाहिर आएका थिए ।
सो रेल जगदालपुरबाट उडिसा राज्यको भुवनेश्वर जाँदै थियो । धेरै मानिसहरु अझै च्यापिएका र उनीहरुलाई निकाल्ने प्रयास भइरहेको बताइएको छ । रेल दुर्घटनाको कारण भने अझै पत्ता नलागेको बताइएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























