धरान/बाँदरले जम्प गर्दा हाइटेन्सन लाइनको तार चुडाएपछि धरान–१, पृथ्वीपथबासीहरु शुक्रबार आतंकित बनेका छन् ।

करिव साढे ११ बजेतिर बाँदरले जम्प गरेका कारण एघारहजार भोल्टको एउटा तार चुडाएको थियो । तार चुडिँदा एउटा पोलमा आगलागीसमेत भएको स्थानीयबासीले बताए । हाइटेन्सनका तारका कारण अन्य तारहरुमासमेत क्षति पुगेको थियो ।
‘बाँदर जम्प गरेर चुडाइदिएको रहेछ ।’ नेपाल विद्युत प्राधिकरण धरान शाखाका प्रमुख खिलानाथ अर्यालले भने । उनले हाइटेन्सन तार चुडिएका कारण भुइमा झर्दा स्पार्क भएको तर, आगलागी नभएको बताए ।
बाँदरका कारण त्यो क्षेत्रमा हरेक दिनजसो दुः ख दिने गरेको प्रमुख अर्यालले बताए । जसका कारण अनाहकमा ५–७ जनासम्म प्राविधिकहरु खर्चिनु परेको छ । बाँदरले गर्दा पोलमा तारहरु सर्ट भइरहने समस्या धरान–१, २, र ३ को साझा समस्याको रुपमा रहेको छ ।