भोजपुरमा दुई दिनयता अनिश्चितकालीन यातायात बन्द
भाेजपुर/स्थानीय तहको पुनःसंरचनामा आफूहरुको माग पूरा नभएको भन्दै भोजपुरमा दुई दिनयता अनिश्चितकालीन यातायात बन्द भएको छ।
यसअघि छुट्टै गाउँपालिकाको माग गर्दै पटकपटक आन्दोलन गरिरहेका संयुक्त गाउँपालिका समन्वय समिति इलाका नं ८ र ९ ले स्थानीय तह पुनःसंरचना आयोगसँग भएको सहमतिसमेत कार्यान्वयन नभएकाले अन्तिम विकल्पका रुपमा बन्दको घोषणा गरिएको संयुक्त गाउँपालिका समन्वय समितिका संयोजक हर्कराज राईले बताए।
बन्दपछि सो क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्गमा सवारी साधन चल्न सकेका छैनन् । सो क्षेत्र हुँदै खोटाङ जाने बस चल्न नसकेको संयुक्त बस व्यवसायी सङ्घले जनाएको छ । अनिश्चिकालीन रुपमा गरिएको बन्दका कारण यात्रु मारमा परेका छन् । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























