पानवारी / धरान इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्टले सरस्वती पुजाको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । बुधबार धरान–१८ स्थित कलेजले बुद्धचोक आसपासमा सडक सरसफाइ गरेर सरस्वती पूजा मनाएको थियो ।
सरसफाइ कार्यक्रममा कलेजका शिक्षक, विद्यार्थी लगायत अतिथि गरी करिब ५० जनाको सहभागीता रहेको कलेजका सिइओ लोकेन्द्र श्रेष्ठले जनाएका छन् । कलेजका विद्यार्थीले सरस्वती पूजा गरी सरसफाइमा निस्केका थिए । पूजा कार्यक्रमको प्रमुख अतिथि होटल एशोसिएसन अफ धरानका अध्यक्ष सुवर्ण श्रेष्ठले ‘धरान जस्तो पर्यटकीय सहरमा होटल म्यानेजमेन्ट पढाएर दक्ष जनशक्ति उत्पादन गर्नु सकारात्मक साथै पर्यटनको विकासमा टेवा पुगेको’ बताए ।