पथरी/ मोरङको पथरीशनिश्चरे नपामा स्थापित न्यू पेगोडा आवासीय माध्यमिक विद्यालयले ४ दिने रजत जयन्ती मनाउने भएका छन् । विद्यालय स्थापना भएको साल देखि २५ बर्ष पुगेको उपलक्ष्यमा रजत जयन्ती भव्यताका साथ मनाउने भएको हो ।

विद्यालयमा शुक्रकार पत्रकार सम्मेलन गर्दै रजत जयन्तीको बारेमा जानकारी गराएको थियो । विद्यालयले आगामी फागुन ३,४,५ र ६ गते सम्म हुने विद्यालयका प्रिन्सिपल टिका दंगालले पत्रकार सम्मेलनमा बताए । ३ गते उद्घाटन कार्यक्रमसँगै अन्तर विद्यालय भलिबल र हाजिर जवाफ प्रतियोगिता ४ गते सम्म चल्ने भएको छ । त्यसैगरी विद्यालयले ५ गते आफ्नो विद्यालयको भित्रका अभिभावकहरुको हाँडी फोर,म्यूजिकल चियर खेल लगाएतको प्रतियोगिता गर्ने छ ।

६ गते समापन कार्यक्रममा विभिन्न खेलमा प्रथम,द्धितीय र तृतीय हुनेहरुलाई पुरस्कार वितरण गर्ने जनाएको छ । समापन कार्यक्रममै विद्यालयले २०७३ सालमा प्रथम,द्धितीय र तृतीय हुने नर्सरी देखि कक्षा ९ सम्मका विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्ने बताए । समापन कार्यक्रममा विद्यालयको विद्यार्थीहरुको नृत्य,नाटक लगाएतका विभिन्न किसिमका प्रतियोगिताले मनोरञ्जन प्रदान गर्ने भाइस प्रिन्सिपल दिनेश पोख्रेलले बताए ।त्यसैगरी यसै अवसरमा दुइ जना पूर्व शिक्षक,दुई जना कार्यरत शिक्षक, दूई जना स्थानीय पत्रकार र १७ जना अधिभावकहरुलाई पनि सम्मान गर्ने प्रिन्सिपल दंगालले बताए ।

भलिबल खेलमा पथरीका रेड स्टार,प्याराडाईज अन्नपूर्ण,केवी मेमोरियल,बाल्मीकी,एभरेष्ट,अरुणदोय,मोरङ मेरिगोल्ड,भूपु सैनिक गरेर १० ओटा विद्यालयहरु सहभागिता जनाएको छ । भलिबलमा प्रथम पुरस्कार ३ हजार,द्धितीय २ हजार र तृतीयलाई १ हजार र मेडल,ट्रफी र प्रमाण पत्र रहेको भलिबल खेल संयोजक चक्र थापाले पत्रकार सम्मेलनमा बताए ।

त्यसैगरी कार्यक्रममा पथरीशनिश्चरे क्षेत्रका १२ वटा विद्यालयले हाजिरि जवाफ प्रतियोगितामा भाग लिएको छ । प्रतियोगितामा प्रथम पुरस्कार २ हजार,द्धितीय १५ हजार र तृतीयलाई १ हजार र मेडल,ट्रफी र प्रमाण पत्र रहेको हाजिरि जवाफ प्रतियोगिताको संयोजक पर्शुराम न्यौपानेले बताए । २०४८ सालमा स्थापना भएको विद्यालयमा ०५७ सालदेखि एसएलसी परीक्षामा विद्यार्थी सहभागी गराउँर्दै आएको छ ।