विजयपुर/केन्द्रिय प्रबिधी क्यामपस हात्तिसार धरानमा छात्रबास निर्माण गर्न माग गर्दे अनेरास्वबीयु क्यामपस कमिटीले हस्ताक्षर संकलन गरेको छ । २०४५ सालको भुकम्पका बिस्थापितहरुलाई राख्न बनाइएको कोठाहरुमा बिद्यार्थीहरुलाई राखिएको भन्दै अनेरास्वीयुले तत्काल छात्रबास निर्माण गरि पठनपाठनको ब्यबास्था मिलाउन हस्ताक्षर संकलन गरिएको अनेरास्वबियु हात्तिसारले जनाएको छ ।
संकलित हस्ताक्षर आईतबार क्यामपस प्रसासनलाई बुझाउने अनेरास्वबीयुको कार्यक्रम रहेको छ । स्वतन्त्र बिद्यार्थी युनियनको निर्बाचनलाई लक्षित गर्दे‘एक दिन एक कार्यक्रम’ घोषणा गर्दै अनेरास्ववीयुले निर्माण सम्पन्न भईसकेको महिला छात्राबासलाई तत्काल सञ्चालन गर्न र पुरुष छात्रबास तत्काल निर्माण गर्न माग गरिएको अनेरास्वबियु हात्तिसार क्यामपसका अध्यक्ष सौरभ सञ्जेलले जानकारी दिए ।
उनका अनुसार क्यामपसका बिद्यार्थीहरुलाई लक्षित गरेर सेन्ट्रल क्यामपस अफ टेक्नोलोजी (सिसिटी) न्युज डेक्स पनि निर्माण गरिएको छ । सीसीटी न्युज डेक्समा स्थानिय र राष्ट्रिय पत्रपत्रिकाहरु राखिएको छ ।‘बिद्यार्थीहरुलाई पढ्नकालागी सहजता होस भनेर हामीले न्युज डेक्स राखेका हौ ’सञ्जेलले भने ।
उनले क्यामपसका बिद्यार्थीहरुका समस्याहरु संकलन गरेर अनेरास्वबीयुले संस्थागत मागको रुपमा अगी सार्ने पनि जानकारी दिए ।