धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सम्मेलनमा सहभागी हुन देशविदेशका युरोलोजी विशेषज्ञहरु आउने भएका छन् । प्रतिष्ठानको सर्जरी बिभाग अन्तर्गत यूरोलोजी डिभिजनले आउँदो बिहीबारदेखि हुन लागेको तीनदिने नेपाल एसोसिएसन अफ युरोलोजिकल सर्जन्स सम्बन्धी ‘युरोकोन नेपाल–२०१७’ हुने भएको हो । त्यसमा सहभागी हुनको लागि भारत, चीन, अमेरिका, टर्की, सिंगापुर, थाईल्याण्ड, म्यानमार, बंगलादेश, फिलिपीन्स र नेपालका बिशिष्ट यूरोलोजी बिशेषज्ञहरु आउने भएका हुन् । सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रियबा करिव २ सयको हाराहारीमा विशेषज्ञ आउने अध्यक्ष प्रा.डा. सिएस अग्रवालले बताए । उनका अनुसार विश्वको बिकासशील राष्ट्रहरुमा एक्काईऔ शताब्दीको यूरोलोजी विषयमा सम्मेलन केन्द्रीत हुने छ । यूरोलोजीसंग सम्बन्धित लेप्रोस्कोपिक तथा इण्डोशल्यक्रिया विधिद्धारा गरिने विभिन्न शल्यक्रियाको प्रत्यक्ष पर्दशन गरिने कार्यक्रम छ । कार्यशालाबाट नेपालका यूरोलोजिष्टहरुले अत्याधिक ज्ञान हासिल गरी देश र जनतालाई थप गुणस्तरीय र प्रभावकारी सेवा दिन सक्षम हुने विश्वास लिइएको छ ।