धरान/एप्लाष्टिक एनिमिया रोगबाट पीडित धरान–३ की नइसा शाक्यलाई साउदीमा रहेका नेपालीबासीले सहयोग गरेको छ ।
फ्रेन्ड्स अफ नेपाल,साउदी अरबले शाक्यको पिता नरेशलाई ५८ हजार रुपैया सहयोग गरेको हो । फ्रेन्ड्स अफ नेपाल,साउदी अरबले संस्थाका कोषाध्यक्ष निमा लामाको संयोजकत्वमा ‘नईशा शाक्य सहयोग अभियान’ संचालन गरि उक्त रकम संकलन गरिएको थियो ।
फ्रेन्ड्स अफ नेपालका प्रमुख सल्लाहकार राम श्रेष्ठ, साझा मञ्चकी कोषाध्यक्ष एवम् अभियानका संयोजक अम्बिका भट्टराई श्रेष्ठ र अभियानका संयोजक निमा लामाले रकमको स्लिप प्रदान गरेका थिए । नइसा बचाउ अभियान समितिका संयोजक संयोजक बिश्वबन्धु ताम्राकारलाई स्लिप हस्तान्तरण गरियो ।