धरान/भारतमा एकजना चर्चित ( अभिनेत्री) हिरोइनलाई आफ्नै ड्राईभरले बलात्कार गरेका छन् । बालात्कारमा संम्लग्न चालक मार्टिन र उनका सहयोगी सुनिल कुमार भनिने सुनिल पल्सरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रवार राति आडी भन्ने स्थानमा साउथ इन्डियन फिल्म इन्डस्ट्रीकी निकै चर्चित ती अभिनेत्री बलात्कृत भएको समाचारमा उल्लेख छ । बालात्कृत अभिनेत्री मलायालम फिल्म इंडस्ट्रीमा निकै चर्चित छिन् । तेलगु, तमिल र कन्नड फिल्ममा निकै राम्रो हिरोईनको रुपमा उनी चर्चित छिन् । बालात्कारमा संम्लग्न सुनिल केही महिना अगाडिसम्म ती अभिनेत्रीको ड्राइभरका रुपमा कार्यरत अनुसन्धानबाट खुलेको छ ।

श्रोतका अनुसार हिरोइनमाथि भएको बलात्कारको भिडियो समते खिचिएको छ । भिडियो खिच्नेहरु फरार रहेको साउथ इन्डियन पुलिसले जनाएको छ ।अभिनेत्री २०१३ को आफ्नो फिल्मको सीक्वलको डबिंगका लागि कोच्चि जाँदै थिइन् । एजेन्सी