हास्य कलाकार दीपकराज गिरी कलाकार मात्र होइनन्, एउटा सफल निर्देशक पनि हुन् । उनको निर्देशनमा बनेको टिभी सिरियल ‘तितो सत्य’ १२ वर्षभन्दा बढी चल्यो । नेपालमा अहिलेसम्म सर्वाधिक कमाउन सफल भनिएको फिल्म ‘छक्का पन्जा’ गिरीले नै लेखेका हुन् । तिनै गिरीले नयाँ पत्रिकाका दीपेन्द्र सापकोटासँग १० अभिनेताबारे बताएका छन् :
१) समयअनुसार गेटअप चेन्ज नगर्ने राजेश हमाल अभिनेता राजेश हमालको व्यक्तित्व राम्रो छ । उहाँको जिउडाल हेर्दै उहाँ नायकजस्तो देखिनुहुन्छ । उहाँले स्टारडम के हो बुझ्नुभएको छ । उहाँ सुपरस्टारजस्तै व्यवहार देखाउनुहुन्छ । राम्रो ठाउँमा गएर पढेकाले उहाँ अंग्रेजी पनि राम्रोसँग बोल्नुहुन्छ । नेपाली समाजमा राम्रो अंग्रेजी बोल्न सक्ने विद्वान् हो भन्ने धारणा रहेको छ । यसर्थ, उहाँ विद्वान् गनिने हुनु नै भयो । उहाँ मान्छेले चाहेको वेला सजिलै उपलब्ध हुनुहुन्न । यसले उहाँको भ्यालु झन् बढेको छ । तर, उहाँको सार्वजनिक जीवनमा जति भ्यालु छ, त्यसअनुसारका चलचित्र उहाँले दिन सक्नुभएन ।
गुणमा भन्दा संख्यामा लिप्त हुनाले उहाँले खेलेका दुई सय चलचित्रमध्ये सातवटा मात्र केही गर्व गरेर गन्न सकिने छन् । जबकि बलिउड सुपरस्टार अमिताभ बच्चनको कुरा गर्दा उनका ३० प्रतिशत मात्र असफल चलचित्र पाउन सकिन्छ । हमालका सिनेमाको व्यावसायिक क्रेज छैन । उहाँको सबभन्दा कमजोर पक्ष भनेको नृत्य हो । उहाँका लागि जति नै राम्रो नृत्य निर्देशक ल्याए पनि उहाँले नाच्ने भनेको दुई स्टाइलमा मात्र हो । उहाँले समयअनुसार गेटअप चेन्ज गर्न नसक्नु उहाँको कमजोरी हो । उहाँले कुनै वेला पालेको लामो कपाल अझै उस्तै छ । यी अवगुणका बाबजुद पनि उहाँको डायलग डेलिभरी राम्रो छ । स्टारडम उस्तै छ, क्रेज उस्तै छ । उहाँलाई केहीले दिएको ‘महानायकको उपाधिलाई म नकारात्मक टिप्पणी गर्न चाहन्नँ । मचाहिँ उहाँलाई राजेश दाइ भनेर सम्मान गर्छु । उहाँ विदेशी मञ्चमा गएर गर्व गर्न सकिने नेपाली नायकचाहिँ हो ।
२) पर्दाबाहिर पनि हिरो लाग्ने भुवन केसी भुवन केसीका सुपरहिट चलचित्रको प्रतिशत राजेश हमालको भन्दा बढी छ । उहाँले खेलेका प्रायः फिल्म छि भन्ने खालका छैनन् । उहाँलाई निर्माताका रूपमा १० मा नौ दिन्छु । तर, एक्टरमा उहाँलाई म १० मा पाँच दिन्छु । उहाँको कमजोरी नृत्य नै हो । हमालको जस्तै नै छ । उहाँमा व्यक्तित्व छ, उहाँको व्यक्तित्वलाई पनि १० मा नौ नं। दिन्छु । उहाँमा ड्रेस सेन्स पनि छ । पर्दाबाहिर पनि हिरो लाग्ने उहाँ । आकर्षक व्यक्तित्व छ उहाँको । उहाँ रोमान्टिक हुनुहुन्छ, जसले महिलाहरूलाई आकर्षित गर्छ । कसैको राशि नै कन्या हुन्छ रे, कसैको स्वभाव । मलाई लागेअनुसार उहाँ कन्या राशिकै हो कि १ उहाँ सुन्दर महिलाहरूसँग उभिएर फोटो खिच्न मन पराउनुहुन्छ । यस्ता कुराले उहाँको व्यक्तिगत जीवनलाई के गर्छ थाहा छैन, तर सिनेमालाई भने बेफाइदा गर्दैन । पछिल्लो समयमा उहाँ राम्रो सन्तान उत्पादन गर्ने बाबु पनि हुनुभएको छ । भुवन दाइलाई म ‘उपमहानायक’ भन्न रुचाउँछु ।
३) सफलता व्यवस्थापन गर्न नसकेका शिव श्रेष्ठ शिव श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरमा अभिनय गर्नुभएको छ । तीन नायक ९राजेश हमाल, भुवन केसी र शिव श्रेष्ठ०मध्ये म सबैभन्दा प्रभावित उहाँबाट नै हो । उहाँ पर्दामा आउँदा सलमान खानजसरी आउनुहुन्छ । उहाँको एक्सन अब्बल छ, जसलाई म १० मा नौ नं। दिन्छु । नृत्य पनि राम्रो छ । तर, उहाँको डायलग डेलिभरी कमजोर छ । प्रकाश थापाको टाइममा उहाँले एकछत्र राज गर्नुभयो । त्यसवेला उहाँ अरूभन्दा धेरै अगाडि हुनुहुन्थ्यो । तर, उहाँले त्यो सफलता व्यवस्थापन गर्न सक्नुभएन । जसकारण पछिल्ला दिनमा उहाँ गणनामा पनि आउन छोड्नुभयो । उहाँ करिअरमा सिरियस नहुँदा इन्डस्ट्रीबाट चाँडै बिलाउनुभयो । उहाँको पुरानै गेटअपले पनि नयाँ निर्देशकलाई आकर्षित गरेन । उहाँसँग मेरो दाजु–भाइको सम्बन्ध छ । उहाँलाई म दाइ भनेर सम्बोधन र सम्मान गर्छु ।
४) बाठा नायक निखिल उप्रेती निखिल उप्रेतीको एक्सनलाई १० मा १० नं। नै दिन मिल्छ । उनी विदेशी एक्सन ट्रिकहरूको अध्ययन गर्छन् । त्यसैले, उनी ‘एक्सन’ले नै स्थापित नायक हुन् । उनमा भएको द्वन्द्व क्षमताले अन्य अवगुण छोपिदिएको छ । उनी अभिनय र नृत्यमा एभरेज मात्र हुन् । व्यक्तित्व पनि त्यति आकर्षक लाग्दैन । उनी आध्यात्मवादी चिन्तन राख्ने बौद्धिक नायक हुन् । राजनीतिक परिवारका भएकाले चतुर छन् । मार्केटिङ गर्न सिपालु । यसअघि उनले यहाँ आफ्नो करिअर धरापमा छ भन्ने बुझेर मुम्बईको यात्रा समाएका थिए । उनी क्याल्कुलेटिभ माइन्डका भएकाले फर्किएर पुनः नेपाली फिल्म इन्डस्ट्रीमा छाउन सफल भएका छन् । उनलाई म बाठा नायक भन्न रुचाउँछु । उनीसँग महिला कलाकारसमेत चाँडै आकर्षित हुन्छन् । उनको बोलीमा कृष्णको जस्तो सम्मोहन कला छ । निखिल मेरा मित्र निर्मल शर्मा ‘गैँडा’का ज्वाइँ पनि भएकाले उनीसँग मेरो राम्रो सम्बन्ध छ । साथी–साथीको सम्बन्ध पनि छ ।
५) साउथ एसियाभर छाएका विराज भट्ट विराज भट्टको ‘फोकस’ एक्सन नै हो । तर, विराज र निखिलको एक्सनमा फरक छ । विराज फाइट डाइरेक्टरबाट गराइने एक्सन नायक हुन् भने निखिल क्यामेरा ट्रिकको अनुभव भएका । विराज गठिलो शरीर भएका हिरो हुन्, जो पूरै दक्षिण एसियामा स्विटेबल हुन सक्छन् । उनी टिपिकल हिरो शैलीमा फाइट गर्छन् । उनको अभिनय क्षमता पनि अरू एक्सन हिरोभन्दा माथि छ । उनी एक्सनकै बलमा भोजपुरी फिल्महरूमा खेल्न सफल भए । उनको अनुहारमा चकलेटीपना छैन । तसर्थ, झट्ट हेर्दा उनी खलपात्रजस्ता देखिन्छन् । उनले नेपाली र भोजपुरी दुवै चलचित्रलाई सँगसँगै व्यवस्थापन गर्न सकेनन् । जसले गर्दा नेपाली चलचित्रमा कमब्याक गर्दा खासै जम्न सकेनन् । उनी मेरा त्यति निकट पनि होइनन् र विकट पनि । नेपाली हिरो भारतीय बजारमा छाउन सफल भयो, यो म गर्वकै कुरा मान्छु ।
६) कमेडी सेन्स भएका दिलीप रायमाझी दिलीप रायमाझी नृत्यमा अब्बल हिरो हुन् । उनको नृत्यलाई म १० मा १०।५ नं। दिन्छु । त्योबाहेक उनी राम्रो कमेडी सेन्स भएका नायक हुन् । उनी संवादसमेत शुद्ध बोल्छन्, चकलेटी पनि छन् । यी सबै क्वालिटी हुनुका बाबजुद लामो रेस गर्न नसक्नु उनको करिअरप्रतिको हेलचेक्र्याइँ हो । एक समयमा उनले जथाभावी सिनेमा साइन गरे, त्यसको व्यवस्थापन गर्न सकेनन् । जसकारण, राम्रा निर्माताहरू चिढिए । उनी बलिउडको शैलीबाट प्रभावित देखिन्छन्, यो उनको कमजोरी हो । म उनलाई दाइ भन्छु, उनी पनि मलाई दाइ नै भन्छन् । यसको अर्थ, उनी मेरा नजिकका साथी हुन् । म उनलाई अझै हिरोका रूपमा देख्न चाहन्छु । र, सुझाब पनि दिन्छु, तौल घटाउनुपर्यो । उनी खानाप्रेमी छन्, त्यो पनि कन्ट्रोल गर्नुप¥यो । उनी एक असफल निर्मातासमेत हुन् । अबदेखि फिल्म निर्माण गर्दा परम्परागत ट्रेनलाई भन्दा अहिलेको ट्रेनलाई पछ्याउन उनलाई म आग्रह गर्छु ।
७) प्याकेज हिरो आर्यन सिग्देल आर्यन सिग्देल प्रतिभावान् नायक हुन् । स्टाइलिस छन् । लुक्स र गेटअप युवतीलाई मोहित पार्ने खालको छ । एक्सन र नृत्य पनि राम्रो छ उनको । तसर्थ, उनमा सबै क्वालिटी भएकाले उनी प्याकेज हिरो हुन् । चकलेटी आर्यन एक्सनभन्दा रोमान्टिक फिल्ममा बढी जम्छन् । दिलीप रायमाझीपछि उनी नै हुन् कमेडी सेन्स भएका नायक पनि । तर, खुलेर संवाद नबोल्नु उनको कमजोरी हो । केही अघि उनका सफलताका दिन थिए । लाखौँ युवा उनका फ्यान पनि भएका थिए । चलचित्र छनोटमा उनी चिप्लिए । उनी अलि मिडिया फ्रेन्ड्ली नभइदिनाले पब्लिकमा उनको ‘इमेज’ खासै राम्रो नभएको हो कि जस्तो लाग्छ । तर, मलाई मन पर्ने नायकमध्ये उनी पनि पर्छन् । हाम्रो फिल्म ‘छक्का पन्जा’ खेल्ने अफर गर्दा उनले सहजै स्विकारे । हामी भौगोलिक हिसाबले पनि नजिक छौँ । हाम्रो घर एउटै गाविस ९दहचोक०मा पर्छ । उनी हिरो हुनुभन्दा पहिले नै मैले चिनेको । उनका बुबालाई पनि चिन्छु ।
८) प्रखर अभिनय क्षमता भएका सौगात मल्ल सौगात मल्ल अहिलेकामध्ये सबैभन्दा राम्रो अभिनय क्षमता भएका नायक हुन् । उनी हरेक किसिमका भूमिका निर्वाह गर्न सक्छन् । उनलाई आक्रोशित र डाङडुङे युवाको चरित्र सुहाउँछ । सीधा–साधा भूमिका उनलाई सुहाउँदैन । उनका दुईवटा फिल्मको अभिनयले मेरो मन छोएको छ । ती हुन्– ‘लुट’ र ‘फन्को’ । उनी पाँच हजार मिटरको दौड पनि दुई सय मिटरको स्टाइलले दौडिन्छन् । उनी यत्ति प्रतिभावान् छन् कि उनलाई कन्ट्रोल गर्न अभिनय बुझ्ने डाइरेक्टर नै चाहिन्छ । उनी टोटल सिनेमाको स्टोरी नपढी आफ्नो भूमिकालाई मात्र ध्यान दिन्छन् र सिनेमा साइन गर्छन् । जसले गर्दा उनी मल्टिस्टार भएका फिल्ममा मात्र हिट भएका छन् । सोलो हिरोका रूपमा उनी फ्लप छन् । उनी सबै कुरामा अब्बल भए पनि प्याकेज हिरोमा हुनुपर्नेजस्तो लुक्स भने उनमा छैन । उनी आफ्नो मार्केटिङ पनि राम्रोसँग गर्न सकिराखेका छैनन् । सायद उनी अलि लजालु भएर होला । उनको सम्बन्ध सबैसँग सामान्य नै छ ।
९) राजेश हमालपछि इन्डस्ट्री धान्ने दयाहाङ राई दयाहाङ राई परम्परागत हिरोभन्दा फरक मंगोलियन अनुहारका हिरो हुन् । त्यसैले, स्वतः फरक भए । दर्शकहरूले पनि फरक स्वाद पाए । उनी अहिलेको ट्रेनलाई फलो गर्न सक्ने नायक हुन् । उनी शारीरिक रूपमा नभएर कथाका नायक हुन् । उनको अनुहारमा इनोसेन्टपन छ । उनी सहज पनि भएकाले अहिले उनलाई सबैले अनुबन्ध गर्न चाहेका छन् । उनलाई लकले पनि साथ दिइराखेको छ ।
उनका सिनेमा फ्लप भए पनि उनलाई हानि पु¥याएको छैन । यसको अर्थ, उनी यो पुस्ताकै लोकप्रिय नायक हुन् । उनी राजेश हमालपछि इन्डस्ट्री धान्न सक्ने नायक हुन् । तर, अहिले उनले जुन राजेश हमाल शैलीमा फिल्म साइन गरिराखेका छन्, त्योचाहिँ उनलाई प्रत्युत्पादक हुन सक्छ । संख्यात्मकलाई कम गरेर गुणात्मक सिनेमामा ध्यान दिए भने उनी लामो समयसम्म टिक्न सक्छन् । उनी नम्र पनि भएकाले पब्लिकले रुचाएका छन् । यति हुँदा–हुँदै पनि उनी व्यावसायिक फिल्मका हिरो भने होइनन् । उनी मेरो फिल्म ‘वडा नं।–६’मा एक्टर पनि भएकाले उनीसँग मेरो राम्रो सम्बन्ध छ । दिलीप र आर्यनपछि उनीसँग मेरो राम्रो सम्बन्ध विकसित भएको छ ।
१०) राम्रा फिल्म छान्न अब्बल अनमोल केसी अनमोल केसी लुक्सवाइज अहिलेका नं। १ हिरो हुन् । उनले राजेश हमालको जस्तै स्टारडम पछ्याएका छन् । स्टारले देखाउने विशेषता छन् उनमा । उनलाई भेट्टाउन–पछ्याउन गाह्रो छ । उनी जहाँ पायो त्यहीँ जाँदैनन् ।
यदि यो भुवन केसीले गराएका हुन् भने उनले आफूले मेन्टेन गर्न नसकेको कुरा छोरालाई गराउन सके । अनमोल युवतीका प्रिय छन् । सबैले उनलाई अभिनयमा कमजोर भन्छन्, तर मचाहिँ यो भन्दिनँ । पहिले लाउड एक्टिङको जमाना थियो । उनी त्यस्ता परम्परागत नायक होइनन् भनेर बुझ्न जरुरी छ । उनले संवाद र अनुहारको एक्प्रेसनमा ध्यान दिँदै सुधार गर्नुपर्छ । अहिले जितेन्द्र नाच्नेजस्तो जमाना छैन, तसर्थ नृत्य पनि ठिकै छ । सानै उमेरका उनलाई अहिल्यै १० मा पाँच नं। दिन सकिन्छ । राजेश हमालले जसरी जथाभावी सिनेमा साइन गरे, त्यसबाट उनले पाठ सिकेकोजस्तो देखिन्छ । उनले चारवटा फिल्म खेले, ती सबै हिट भए । म उसलाई भतिजो भन्छु, मेरो छोराजस्तै लाग्छ । तसर्थ, ऊबारे म जहिल्यै राम्रो सोच्छु । ऊबाट मैले मात्र होइन, समग्र फिल्म इन्डस्ट्रीले आशा गरेको छ ।