धरान / धरानमा सम्पन्न भएको ‘मिस टुरिजम नेपाल’ मा मेघा रसाइली विजयी भएकी छन् । धरान सभागृहमा गत बिहीबार भएको कार्यक्रममा विजयी मेघाले स्कुटी र सौर्य एयरलाइन्समा एयरहोस्टेज बन्ने मौका पाउने भएकी छन् । त्यसैगरी मिस ट्यालेन्टको टाइटलसहित मोरङको बेलबारीकी स्नेहा वन फस्र्ट रनरअप भइन् । उनले ३५ हजार रुपैयाँ र सौर्य एयरलाइन्समा जागिर पाउने भएको आयोजकले जनाएको छ । झापाको दमककी सोयाश्री बज्राचार्य बेस्ट क्याटवाक सबटाइटलसहित सेकेन्ड रनरअप भइन् । उनले पनि २५ हजार रुपैयाँसहित सौर्य एयरलाइन्समा जागिर पाउने आयोजकको भनाइ छ । प्रतिष्पर्धामा वन्दना राई मिस पर्सनालिटी, रविना खवास मिस फोटोजेनिक, अनु राई मिस पब्लिक च्वाइस, आयुषा मगर मिस हस्पिटालिटी, रिचा भण्डारी मिस ब्युटीफुल र सरिता राई मिस पे्रmन्डसीप घोषणा भए । सहभागीलाई नेहा बजाज र शुभेक्षा कार्कीले कोरियोग्राफी प्रशिक्षण दिएका थिए । कार्यक्रममा गायक प्रकाश पौडेल, पदम राई र विशाल राईले गीत प्रस्तुत गरेका थिए भने गरिमा डान्स सेन्टरले नृत्य प्रस्तुत गरेको थियो ।