धरान/लामो समयको प्रेम ब्रेकअप पछि एउटै स्टेजमा देखा परेका नायक अनुपबिक्रम साही र नायिका मलिना जोसीको पुनर्मिलनमा पानी बेइमानी बनेको छ । [caption id="attachment_33867" align="alignnone" width="800"] तस्बिरहरूः भाेजराज श्रेष्ठ[/caption] एसडब्लु फेसन परेडका लागि धरान आइपुगेका उनीहरुको लागि शुक्रबार पनि पानी अवरोध बनेको थियो । आयोजक भिन्टेन्ज इभेन्टले शनिबार रातिको लागि सारेको कार्यक्रममा पनि उनीहरुको मिलनमा पानी नै बेइमानी भइदियो । अनुपबिक्रम र मलिना स्टेजमा आएलगत्तै दर्के पानी सुरु भएपछि धराने क्राउड ओत खोज्दै भागेका थिए । एसडब्लुले मलिना र अनुपलाई जोड्ने चाहाना पूरा गर्न सकेन् । शुक्रबार साँझ पनि सम्पूर्ण तयारी पूरा भइनसक्दा नै पानीले कार्यक्रम विथोलेको थियो । काठमाडौंको ‘अनप्लग्ड आवाज व्याण्ड’ ले शुक्रबार सा“झ प्रस्तुती दिइरह“दा ‘पानी प¥यो’ बोलको गीत गाइरहदा पानी पर्न सुरु भएको थियो । काठमाडौं र धरानका एकदर्जन मोडलहरु तयार भइरहदा पानीका कारण ¥याम्पमा निस्कन सकेनन् । शनिबारको दिन पनि केही प्रस्तुती पछि ¥याममा मोडलहरु उत्रिए । सुरुमा लेहेङ्गा सिक्वेन्समा मोडलहरु ¥याम्पमा उत्रिएका थिए । त्यसपछि साडी, साडी प्लसमा पुरुष मोडलहरु उत्रिरहदा सिमसिम पानी परिरहेको थियो । जव, अनुपबिक्रम र मलिना स्टेजमा चढे त्यसपछि दर्किएको पानीले उनीहरुको प्रस्तुतीमा दर्शकहरुले आनन्द लिनै पाएनन् । धरानको माइवे क्रिउको डान्स, धरान फिटनेसको जुम्बा, सुमित क्षेत्रीको विटवक्सको आनन्द धरानेले लिए । त्यसबीचमा वोनम्यारोबाट सेल उत्पादन नहुने रोगबाट पीडित सविन राईलाई केही सहयोग प्राप्त भएको थियो । विराटनगरका कविन श्रेष्ठ र धिरज कार्कीले एक लाख रुपैया दिने घोषणा गरे । त्यस्तै आयोजक भिनटेजका सञ्चालकसमेत रहेका मोडल एसडब्लु लामिछानेले ११ हजार रुपैया प्रदान गरे । त्यस्तै सोहन मास्केले १० हजार रुपैया सहयोग गरे ।