पथरी / जिल्ला वन कार्यालय मोरङले जिल्लाको विभिन्न सामुदायीक वनहरुमा मंगलबारदेखि वन डढेलो व्यवस्थापन जनचेतना साप्ताहिक कार्यक्रम शुरु गरेको छ ।
साप्ताहिक कार्यक्रम अन्तर्गत जिल्ला वन कार्यालय मोरङको मातहतमा रहेका तीन वटै सेक्टर वन कार्यालयहरुबाट सामुदायीक वनहरुसँग सहकार्य गरी मंगलबार देखि जनचेतना मूलक र्याली सुरु गरेको हो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मोरङमा इलाका वन कार्यालय पथरीशनिश्चरे र सेक्टर वन कार्यालय मंगलबारेले पथरीशनिश्चरे बजारमा ब्यानर,पम्प्लेट सहित र्याली निकालेको थियो । वन कार्यालयका प्रमुख तारणीप्रसाद चौधरी नेतृत्वको ¥यालीले पथरी नगर क्षेत्र परिक्रमा गर्दै कोण सभा गरेको थियो ।
सुख्खा तथा हावाहुरीको मौसममा सानो लापारवाहीको कारण वन जंगलमा भिषण डेढेलो फैलिन सक्ने बताउदै कार्यक्रमको आयोजना गरिएको सेक्टर वन कार्यालय मंगलबारेका अधिकृत तारणीप्रसाद चौधरीले जानकारी दिए । कार्यक्रममा वन डेढेलोबाट हुने क्षति र असरका बारेमा जानकारी गराइनुका साथै वन जंगलललाई डढेलोबाट जोगाउनक लागि अपिल समेत गरिएको अधिकृत चौधरीले बताए ।
कार्यक्रममा जिल्ला वन कार्यालयकी निमित्त प्रमुख सरोजकुमारी कोइराला, वन कार्यालयका सूचना अधिकारी रामलखन ठाकूर,पथरीउर्लाबारी रेफो महासंघका अध्यक्ष रत्नबहादुर बस्नेत लगायतले मन्तव्य राखेका थिए । जिल्ला वन कार्यालय मोरङको सप्ताहाव्यापी कार्यक्रममा जनचेतनामूलक ¥याली,डढेलो नियन्त्रण सम्बन्धि सचेतना,स्थलगत प्रयोगात्मक अभ्यास,निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता,अन्तरक्रियात्मक गोष्ठि लगायत रहेका छन् ।