तेह्रथुम/ जिल्लाको शुक्रबारेमा ऋचा लिम्बूको अध्यक्षतामा ११ सदस्यीय अन्तरपार्टी महिला सञ्जाल गठन गरिएको छ । छथर गाउँपालिकास्तरीय सञ्जालको सचिवमा चुना खुलाल, सहसचिवमा चम्पामल्ल ठकुरी र कोषाध्यक्षमा कोपिला ठकुरी छन् ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका महाअधिवेशन प्रतिनिधि टेकराज तिगेला, माओवादी केन्द्रका अनील आङ्खेवा, राप्रपाका गुमानसिं कार्की, सङ्घीय समाजवादी फोरमका सूर्य लिम्बू, मालेका विष्णु सिं, अन्तरपार्टी महिला सञ्जाल तेह्रथुमका उपाध्यक्ष तुलसा कार्की, सचिव बसन्ती गुरुङ, जिल्ला सदस्य विमला फुइयाल लगायतले बोलेका थिए । कार्यक्रम जिल्ला अध्यक्ष फुर्वी शेर्पाको अध्यक्षतामा भएको थियो ।