-
Home
-
पूर्व
-
गाउँपालिका तथा नगरपालिकाले पाएका अधिकारहरू
गाउँपालिका तथा नगरपालिकाले पाएका अधिकारहरू
- चैत्र २, २०७३
- ब्लाष्ट खबर
काठमाडौं/ संविधान अनुसार संघीय स्वरुपमा गएको देशमा हालै मात्र कार्यन्वयनमा आएको नयाँ संरचना अनुसार ती संरचनाका प्रमुखहरुले गर्ने काम, कर्तव्य र अधिकारबारे धेरैलाई अन्योल छ ।
तर, यसवारे संघीय मामिला तथा स्थानीय मन्त्रालयले गाउँपालिकाबाट हुने काम तथा प्रमुखहरुको अधिकारबारे प्रष्ट रुपमा स्थानीय तह शासन सञ्चालनबारे आदेश दिएको छ ।
जसमा स्थानीय तहमा आफ्नै कानुनदेखि नागरिकता वितरण र विद्यालय सञ्चालनसम्मका ६० भन्दा बढि अधिकार प्रत्यायोजन गरेको छ ।
गाउँपालिकाले कानुन बनाई लागु गर्न भने गाउँपालिका वा नगरसभाले अनिवार्य रुपमा अनुमोदन गर्नुपर्ने छ ।
त्यस्तै गाउँपालिका वा नगरपालिकाको वडाको काम कर्तव्य र अधिकार मन्त्रालयले जारी गरेको आदेशको अनुसुचि १ को बुँदा नम्बर ३ मा प्रष्ट खुलाइएको छ ।
जसमा राजश्व संकलन, तथ्याङक अद्यावधिक तथा संरक्षण, विकास, स्वास्थ्य शिक्षा, उद्योग, यातायात लगायत रहेका छन् । यसअघिको जिल्ला प्रशासन कार्यलयलाई भन्दा बढि अधिकार नयाँ संरचनाका गाउँपालिकालाई दिएको छ ।