धरान/एक यात्रुबाहक बस स्टार्ट नभएपछि ओरालोमा ठेलेर स्टार्ट गर्ने क्रममा ब्रेक नलाग्दा स्कुटी र मोटरसाइकललाई क्षति पु¥याएको छ । बुधबार अपरान्ह करिव साढे १२ बजेतिर धरान भानुचौकदेखि एकसय मिटर तल रोकेर राखिएको को ८ प ७२८१ नम्बरको स्कुटी र को १० प २२४९ नम्बरको मोटरसाइकललाई क्षति पु¥याएको हो । दुईवटै सवारी साधन कामै नलाग्ने स्थितिमा क्षति भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रहरी जवान धनबहादुर बस्नेतले बताए । को १ ख ४९४३ नम्बरको यात्रुबाहक बसलाई ठेलेर स्टार्ट गर्ने हु“दा ब्रेकको पम्प नलागेपछि गुडेर तलतिर गएको उनले बताए । चालकले बचाउने क्रममा स्कुटी र मोटरसाइकल कच्याककुच्चुक हुने गरी क्षति भएको छ । तर, मानवीय क्षति भने नपुगेको प्रज बस्नेतले बताए । बस वडा प्रहरी कार्यालय नजिकैबाट तल गुडेको थियो ।