तरहरा/सानै उमेरमा म्युजिक भिडियो समेत खेलिसकेकी इटहरीकी प्रतिक्षा अधिकारी नाटक क्षेत्रमा जम्दै छिन । कक्षा आठ पढ्दा देखि नै महिला अधिकार र हिंसाको विषयमा नाटक लेख्न र नाटक खेल्दै आएकी प्रतिक्षा अहिले नाटक मार्फत नारी अधिकारलाई गाउँ गाउँमा पुप्याउँने लक्ष्यमा उनी लागी परेकी छिन ।
सुनसरीको इटहरी स्थित महेन्द्र माविमा कक्षा ८ मा पढ्दा देखि नै नाटक लेख्न र खेल्न थालेकी प्रतिक्षा अहिले नाटक मार्फत नारीको अधिकार खोज्ने अभियानमा छिन । कक्षा १२ मा इटहरीको ग्रिन पिस कलेजमा पढ्दै गरेकी उनले कलाकारीतामा समेत जम्दै जाने वताउँछिन । पढाईमा समेत मेहनती उनी पछिल्लो समयमा नाटक मार्फत समाजमा चिनिदै छिन ।
इटहरीको कलालय मार्फत समेत नाटक खेलिसकेकी प्रतिक्षा कलाकारीता सँगै महिला अधिकारको लागी लड्दै जाने वताउँछिन । फेसवुक मार्फत फोटोहरु पोष्ट गर्दा युवाहरुले प्रपोज समेत गर्ने गरेको भन्दै उनले अहिलेको युवा पुस्तामा मायाँ प्रेमलाई ख्यालाचीमा उडाईरहेको उनको ठम्याई छ । सानै कक्षा देखि प्रेमको कुरा हुने गरेको भन्दै यस्ता गतिविधिले नकरात्मक असर पर्छ तर प्रेम नै गर्नु हुन्न भन्ने चाही हैन उनले भनिन् ।
इलाम जिल्लामा जन्मेकी उनी अहिले इटहरीमा वस्दै आएकी छिन । सामाजिक क्षेत्रमा नारी अधिकारीको विषयमा वहष गदै अधिकारको वारेमा आम नारीलाई थाहा हुनु पर्ने विषय अहिले पनि ग्रामिण क्षेत्रमा नपुगेको भन्दै नाटक मार्फत सवैले वुझ्ने गरी समाजमा पुप्याउँन आवश्यकता रहेको उनी वताउँछिन । नारी अधिकारको विषयमा नारी नै धेरै दोशी देखिने गरेको उनको भनाई थियो । नारी अधिकारमा नारी नै वाधक छन उनले भनिन् ।
सामाजिक, शैक्षिक, राजनीतिक एवम् समाज र राष्ट्रको हर तह तप्कामा नारीहरूलाई पुरुष सरह समान हक अधिकार पाउनुपर्ने लैंगिक विभेदको अन्त्य गर्दै हर पक्षबाट राष्ट्रिय अन्तर्रा्ष्ट्रिय मानव अधिकार सुनिश्चित गरिनुको साथै महिला सशक्तिकरणको अभियानलाई विश्वव्यापीरूपमा बुलन्द पारिँदै अधिकार खोज्नु पर्ने भन्दै आफु सानै उमेर देखि नारी अधिकार खोज्दै सामाजिक क्षेत्रमा काम गदै जाने उनको लक्ष्य छ ।