नायिका रेखा थापाको सम्बन्ध प्राय कुनै पनि नेपाली कलाकारहरुसँग राम्रो नभएको हल्ला बेला बखतमा खुबै चल्ने गर्छ । झन आफ्नै चलचित्रमा काम गर्ने अधिकांश कलाकारहरुसँग त रेखाको पानीबाराबार नै रहेको खबर हामीले तपाईहरुलाई बताइराख्नु नपर्ला ।
राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट लगायतका धेरै कलाकारहरु छन्, जसलाई रेखा फुट्या आँखाले समेत हेर्न चाहन्नन् । यो भिडमा एक अर्का नायक छन्, आर्यन सिग्देल । आर्यन र रेखाको सम्बन्धलाई जुन आँखाले तपाईहरुले हेरिरहनु भएको छ त्यो भन्दा निकै फरक छ उनीहरु सम्बन्ध । हुनत, रेखा र आर्यन सिग्देलको विषयमा धेरै समाचारहरु त तपाईहरुले पढ्दै आइरहनु भएको होला ।
रेखा थापाको मुख्य भूमिका रहेको चलचित्र ‘किस्मत’ बाट नेपाली रजतपटमा भित्रिएका आर्यन अहिले रेखाको नाम सुन्न पनि चाहन्नन् । ‘किस्मत’ पछि रेखा र आर्यनले ‘कसले चार्यो मेरो मन’, ‘हिफाजत’ चलचित्रमा काम गरे, त्यसपछि भने यो जोडीलाई एकसाथ दर्शकहरुले देख्न पाएका छैनन् । अब सायद रेखा र आर्यनलाई पर्दामा एकसाथ देख्ने संभावना निकै न्यून रहेको बहस पनि चल्ने गर्छ नेपाली सिनेवृतमा तर यो त अब समयले देखाउला ।
आज हामी तपाईहरुलाई यो बताउँदै छौं कि, ‘आखिर कसरी भयो रेखा र आर्यनको बोलचाल बन्द ?’ कुरा हो एक टेलिभिजन अन्तर्वार्ताको । नायक आर्यन सिग्देललाई पत्रकारले रेखा थापाको विषयमा प्रश्न सोध्दा झर्किएर ‘रेखा थापा को हो ?’ भनेपछि उनीहरुको सम्बन्ध चिसिएको बुझिन्छ । यो घट्नापछि रेखा र आर्यन एउटै कार्यक्रममा प्राय देखिएनन् र देखिहालेपनि ‘हेलो-हाई’ भनेको सुनिएन ।
तर, यस बर्ष नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको ‘फान अवार्ड’ मा भने यी दुईले स्टेजमा नै अंकमाल गरेका थिए । यो खबरले खुबै तातेको थियो नेपाली बजार । यसपछि रेखा र आर्यनको सम्बन्ध सुघ्रिएको हल्ला पनि चल्यो तर हल्ला चले जस्तो उनीहरुको सम्बन्ध सुघ्रिएको भने देखिन्न ।
यति बेला रेखा चलचित्र ‘कसले चोर्यो मेरो मन फेरी’ निर्माण गर्दैछिन् र यसमा आर्यनलाई मुख्य भूमिकामा लिनका लागि उनले पहल गरिरहेको खबर छ तर आर्यन भने रेखासँग काम गर्न त परै जाओस् भेट गर्न पनि नचाहेको स्रोत बताउँछ । अब हेर्न यो बाँकी छ कि आर्यनको ईन्ट्री ‘कसले चोर्यो मेरो मन फेरी’ मा होला वा नहोला ?