धरान/गायक गंगा बरदानलाई युकेवासी नेपालीहरुले सहयोग गरेका छन् । गायक बरदानले गायनको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै युकेवासी नेपालीहरुले अाइतबार ७१ हजार ५ सय ९५ रुपैया सहयोग गरेका हुन् । [caption id="attachment_35473" align="alignnone" width="700"] गायक गंगा बरदानलाई सहयोग हस्तान्तरण गर्दै धरान समाज युकेका प्रतिनिधि निर्मलदास गुरुङ र असिम तामाङ । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption] धरान युके समाजका प्रतिनिधि निर्मलदास गुरुङ र असिम तामाङले संकलित रकम हस्तान्तरण गरेका छन् । स्वीडनमा रहेका राजु लिम्बू र बल्लभ गुरुङको नेतृत्वमा संकलित रकम गायक बरदानलाई आइतबार बिहान प्रदान गरिएको छ । गायक बरदानले सहयोग गर्ने स्वीडनका युकेवासी नेपालीहरुलाई धन्यवाद ज्ञापन गरे । र, गायनकै क्षेत्रमा लागि पर्ने प्रतिवद्धता गर्दै हालै निर्माण गरिएको ‘धराने हावा’ बोलको गीत गाएर मनोरञ्जन प्रदान गरे । भोजपुरको दिङ्लाबजारमा जन्मिएका उनले नेपाली सांगीतिकासको क्षेत्रमा अतुलनीय योगदान पु¥याएका छन् । उनले २०२५ सालमा भोजपुर अन्तरमावि गीत नृत्य प्रतियोगितामा गायन तर्फ दोस्रो हु“दै सांगीतिक क्षेत्रमा हाम फालेका थिए । उनले छपनीले छानछान, कहामा काट्यौं बेतको लौरी लगायतका चर्चित गीत दिन सफल छन् । उनी लामो समयसम्म नमस्ते व्याण्डमा आवद्ध भएर गंगा बरदान भाग–४ सम्म निकाल्न सफल छन् । गायन पेशालाई निरन्तरता दिदै आएका बरादालाई सम्मान स्वरुप रकम प्रदान गरिएको प्रतिनिधि निर्मलदास गुरुङले बताए । धरान फुटबल क्लवको हलमा रकम प्रदान गरिएको थियो ।