विजयपुर/ धरान स्थित सेक्टर बन कार्यालयका कर्मचारीहरुले सेवाग्राहीलाई कस्तो सेवा दिनु पर्ने हो भन्नेबारे अझैपनि पत्तो पएका छैनन भनेको सुन्दा तपाईलाई अचम्म लाग्न सक्ला । तर अचम्म मान्नु पदैन ।
धरान को तिनकुनेमा रहेको सेक्टर बन कार्यालयले सेवाग्राहीलाई के सेवा दिने भन्ने बिषयमा नै जानकारी पाएका छैनन । सेक्टर बन कार्यालयका प्रमुख ज्ञानकुमार लामाका अनुसार आफुहरुले जनतालाई के सेवा दिने भन्ने बिषयमा नै अन्योल भएको बताए । तर उनकै उपल्लो निकाय जिल्ला बन कार्यालय सुनसरीका प्रमुख (डिएफओ) राजेन्द्रप्रसाद निराैलाले भने यो कुराको खण्डन गरेका छन् ।
कुन निकायले कस्तो सेवा दिने भन्नेकुरा सबैलाई स्पस्ट भएको बताए । सेक्टर बन कार्यालयका प्रमुख लामाले आफ्नो कार्यालयले के सेवा दिने भन्ने स्पस्ट नभएकै कारण कार्यालयमा नागरिक बडापत्र नराखिएको बताएका छन् ।
स्मरण रहोस सेक्टर बन कार्यालयमा दुई बर्ष देखि नागरिक वडापत्र राखिएको छैन । सेक्टर बन कार्यालयका प्रमुख र जिल्ला बन कार्यालयका प्रमुखको यो भनाईले कार्यालय प्रमुखहरु ‘गैरजिम्मेवार’ भएको देखिएको छ ।
सरकारी कार्यालयहरुबाट प्रबााह हुने सेवालाई चुस्त,सरल,पारदर्शी र जिम्मेवार बनाउन हरेक सरकारी कार्यालयले कार्यालयको अगाडि सेवाग्राहीले देख्ने गरि नागरिक वडापत्र अनिबार्य राख्नु पर्ने सरकारी निर्देशन छ ।
नागरिकसँग प्रतक्ष्य सरोकार राख्ने सरकारी संयन्त्रहरुमा अनिबार्य रुपमा नागरिक बडापत्र राख्नुपर्ने सरकारी निती छ । नागरिक बडापत्र नराखिनु र कार्यालयले सम्पादन गर्ने र खर्च गरको बिबरण सार्बजनिक नगर्नुले कार्यालयको कार्यासम्पादनप्रति शंका उत्पन्न गर्ने सुचनाको हक सम्बन्धि का अभियान्ताहरु बताउछन् ।
सरकारले जारी गरेको सुचनाको हक सम्बन्धि ऐनमा सार्बजनिक सेवा प्रबाह गर्ने संस्थाले त्रैमासिक वा अर्धबार्षिक रुपमा आफुले प्रबाह गरेको सेवा वा प्रगति बिबरण अनिबार्य सार्बजनिक गर्नु पर्ने ब्यबस्था छ ।
ऐनमा सार्बजनिक सेवा प्रबाह गर्ने संस्थाहरुले सार्बजनिक सुनुवाई,पत्रपत्रिकामा प्रकाशन वा सुचना पाटिमा सुचना टाँस गरि पारदर्शीता देखाउनु पर्ने उल्लेख छ ।
जिल्ला बन कार्यालयका प्रमुख निरौलाले सात दिन भित्रमा नागरीक वडापत्र राख्ने प्रतिबद्धता जनाएका छन् । कार्यालयबाट प्रबाह हुने अन्य सेवाको प्रगति बिबरण भने जिल्ला बन कार्यालले चौमासिक रुपमा सार्बजनिक गर्ने गरेको बताउदै उक्त बिबरण समेत कार्यालयमा टाँस गर्न लगाउने बताएका छन् ।
धरान स्थित सेक्टर बन कार्यालयले पाँच वटा इलाका बन कार्यालयहरुलाई प्रतक्ष्य निगरानी राख्ने काम गर्छ । सेक्टर बन कार्यालयमा भेटिने पुरानो नागरिक वडापत्र कवाडि जस्तै बनेको छ भने कार्यालयको सुचनापाटिपनि ब्यबस्थीत देखिदैन ।
सेक्टर बन कार्यालयका प्रमखु ज्ञानकुमार लामाले आर्थिक कारोबार नहुने भएको सम्पुर्ण बिबरणहरु जिल्ला बन कार्यालयलाई पठाउने गरेको बताए ।