सोलुखुम्बु/ गत कार्त्तिक ११ गते माछा मार्न जाँदा सोलुखोलामा बेपत्ता बनेका तत्कालीन जिविस सोलुखुम्बु कार्यालय सहयोगी छिरिङ शेर्पाको शव शनिबार भेटिएको छ ।
स्थानीयवासीले खोलाभित्र उनलाई देखेको बताएपछि प्रहरीले पानीबाट शव निकालेको थियो ।
शेर्पाको परिवारले शव पहिचान गरेपछि आज आफन्तलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए ।
-रासस