इनरुवा / सुनसरीबाट भोजपुरतर्पm जाने सार्वजनिक सवारी साधन निर्वाध रूपमा सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै सुनसरी यातायात व्यवसायी सङ्घले सोमबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था राज्यमन्त्री सीताराम मेहतालाई ज्ञापनपत्र बुझाएको छ । सुनसरी सदरमुकाम इनरुवा आएका यातायात व्यवसायीहरूले राज्यमन्त्री मेहतालाई ज्ञापनपत्र बुझाउँदै आपूmहरूले सञ्चालन गरिरहेको सार्वजनिक जिप, बस भोजपुरका बस व्यवसायीहरूको अवरोधका कारण सञ्चालन हुन नसकेको बताए । उनीहरूले सवारी साधन निर्वाध रूपमा सञ्चालनको वातावरण मिलाइदिन ज्ञापनपत्रमार्पmत् माग गरेका हुन् । व्यवसायीहरूले धरानबाट भोजपुर जाने सार्वजनिक सवारी साधन पाच महिनायता सञ्चालन हुन नसकेको जनाए । भोजपुरका बस व्यवसायीहरूले धनकुटा–भोजपुरको सिमाना अरुण नदीको पुलमै रोकेर यात्रुमाथि दुव्र्यवहार गर्ने, गाडी चालकबाट पैसा लुट्ने, धम्की दिनेलगायतका कार्य गरेका कारण सवारी साधन चलाउन नसकेको जनाउँदै शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन माग गरे । उनीहरूले ज्ञापनपत्र बुझाउँदै माग सुनवाइ नभए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । भोजपुरका बस व्यवसायीजस्तै आपूmहरूले पनि राज्यलाई कर तिरेका कारण आपूmहरूका सवारी सञ्चालन हुनुपर्ने सुनसरी यातायात व्यवसायी सङ्घर्ष समितिका संयोजक अमृत भुजेलले बताए । शान्ति सुरक्षाको माग गर्दै समस्या समाधानका लागि भोजपुरको जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा गत माघ १५ गते ज्ञापनपत्र बुझाएको भए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएका कारण आपूmहरू राज्यमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउन बाध्य भएको सङ्घका अध्यक्ष रामबहादुर परियारले बताए । ज्ञापनपत्र बुभ्mदै राज्यमन्त्री मेहताले समस्या समाधानका लागि भोजपुरका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग कुराकानी भएकाले समस्या छिट्टै समाधान गर्ने आश्वासन दिए ।