धरान / स्थानीय निर्वाचन नजिकिदै गर्दा नेपाली कांग्रेस धरानले आफ्नो गतिविधि सक्रिय बनाउदै गएको छ । निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन कांग्रेसले आफ्ना गतिविधिहरुलाई चलायमान बनाउदै लगेको हो । नेपाली कांग्रेसले निर्वाचनलाई लक्षित गरेर तल्लो तहमा रहेका पाटीका निकायहरुको अनुगमन र संगठन विस्तारलाई तिव्रता दिएको छ ।

जिल्लाका नेताहरु समेत सम्मिलित अनुगमन टोलीले धरानका विभिनन वडाको अनुगमन गरेको हो । जिल्ला भरीका क्षेत्र, नगर, गाउं र वडा कार्यसमितिको विद्यमान अवस्था, समस्या तथा चुनौतिबारे जानकारी लिने, कार्यालय खोली नियमित बैठक, कार्यक्रमहरु गरेरनगरेकोबारे बुझ्ने र आसन्न निर्वाचनको ठोस् तयारीबारे सुसूचित गराउने उद्देश्यले जिल्लाभर अनुगमन र संगठन विस्तारमा कांग्रेस होमिएको जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङले बताए । धरानका सबै वडाको अनुगमन गरी वडास्तरवाटै पाटीलाई चलायमान र गतिशील बनाउने लक्ष्य रहेको र हाल धरान ४ (साविक २०), १४, १७ र १८ नं. वडाको अनुगमन प्रभावकारी रुपले सम्पन्न भएको टोलीमा संलग्न जिल्ला सदस्य गोविन्द बस्नेतले बताए । टोलीमा सचिव एवम् प्रवक्ता तामाङ, जिल्ला सदस्यहरु चन्द्र शेखर लामा, गोविन्द बस्नेत, निलकुमारी गिरी, अनिल श्रेष्ठ, माधव घिसिङ, चन्द्र नेपाल, गोविन्द दर्नाल, अलिम अन्सारी, मोहन बस्नेत, क्षेत्रीय उपसभाति धनबहादृुर कटवाल, सचिव मुरारी भट्टराई, कोषाध्यक्ष सागर प्रसाई, सहसचिव नारद राई, सदस्यहरु प्रविन राई, भूपाल राई, नगर सचिव श्याम पोखरेल, स्थानीय महिला नेतृहरु श्यामा रेग्मी, कोपिला भट्टराई लगायत रहेका छन् । यसै वीच जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको धरान १९ का अगुवा कार्यकर्ताहरुको भेलाले वडास्तरमा पाटीका सबै भातृ संघसंस्थाहरुको संगठन निर्माण र विस्तार गर्ने निर्णय गरेको छ भने धरान ९ मा भएको भेलाले आशिष आचार्यको अध्यक्षतामा सर्वसम्मत नेपाल तरुण दल ९ नं. वडा समिति गठन गरेको छ । समितिको उपाधयक्ष उत्सव ढकाल, सचिव मेदानी चापागाई, सहसचिव सुमित श्रेष्ठ, कोषाध्यक्ष उर्मिला रेग्मी तथा सदस्यहरुमा शंखर जैसवाल, सुजित सिंह, सुयोग श्रेष्ठ, निश्चल पोखरेल, मोहन शर्मा, आशिष जैसवाल र निखिल श्रेष्ठ रहेका छन् । भेलामा महासमिति सदस्य उमेश थापा, महाधिवेशन प्रतिनिधि तथा नेपाल आदिवासी जनजाति संघ सुनसरी सभापति नन्दराज राई, क्षेत्रीय सदस्य मुकेश थापा, ललिता अधिकारी, नगर सचिव श्याम पोखरेल, नेविसंघ केन्द्रिय सदस्य सागर प्रसाई, ९ नं. वडा सभापति रुपेश आचार्य, १९ नं. सभापति जितेन्द्र राई, तरुण दल नगर सभापति हिमाल श्रेष्ठ, तरुण दल केन्द्रिय पार्षद माया राई, जनजाति संघ सुनसरी उपसभापति मंजिल कसजु श्रेष्ठ, नेपाल दलित संघ सुनसरी सचिव विजय अछामी लगायतको मन्तव्य तथा उपस्थिति रहेको थियो ।