काठमाडौं/ बैदेशिक रोजगार विभागमा थप एक सय वटा नयाँ म्यानपावर कम्पनी दर्ता भएका छन् । अरु सय भन्दा धेरै दर्ता प्रकृयामा रहेको वैदेशिक रोजगार विभागकी सूचना अधिकारी रमा भट्टराईले जानकारी दिए।

एक सय वटा म्यानपावर कम्पनी थपिएपछि देशभर म्यानपावर कम्पनीको संख्या आठ सय ५४ पुगेको छ । २०६८ सालदेखि सरकारले बैदेशिक रोजगार व्यवसायमा विकृती बढेको भन्दै नयाँ म्यानपावर कम्पनी दर्तामा रोक लगाएको थियो । रोकिएको दर्ता प्रकृया फुकुवा गर्न सर्वोच्चले आदेश दिएपछि व्यवसायीले कम्पनी दर्ता गर्ने प्रकृया अघि बढाएका भट्टराईले बताए । नयाँ म्यानपावर कम्पनी दर्ता गर्न ३० लाख रुपैयाँ धरौटी रकम राख्नु पर्ने प्रावधान छ । बैदेशिक रोजगार व्यवसायीले भने नयाँ कम्पनी दर्ता गर्न नहुने भन्दै विरोध गरिरहेका छन् । व्यवसाय सुधारका लागि नयाँ कम्पनी दर्ता भन्दा पनि मर्जरमा जानुपर्ने व्यवसायीको भनाई छ । विभागमा म्यानपावर कम्पनीविरुद्ध चालु आर्थिक वर्षमा मात्रै झण्डै छ सय उजुरी परेका सूचना अधिकारी भट्टराईले जानकारी दिए ।