भद्रपुर । पछिल्लो समयमा भद्रपुर नगर क्षेत्रमा चोरीका घटना बढ्न थालेको छ । प्रहरीले चोरीका घटनामा सम्लग्न व्यक्तिलाई पक्राउ गर्न नसक्दा नगर क्षेत्रमा चोरीका घटना बढन थालेको हो । यसैक्रमा बुधवार राती भद्रपुर ८ स्थित जनता चोकमा एउटा मोवाइल पसलमा चोरी भएको छ । स्थानीय पवन रायले सञ्चालन गरेको मोबाइल पसलको मुल ढोका फोडेर दुई वटा ल्यापटप, मर्मतका लागि राखिएको आठ थान मोबाइल र नगद ५ सय रुपैया चोरी भएको सञ्चालक रायले बताए । नगरको मुख्य सडक खण्डमा चोरी हुन थालेपछि वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिने प्रहरीलाई समेत चुनौती थपिएको छ । यसअघि पनि भद्रपुरका विभिन्न क्षेत्रमा चोरीका घटना हुदै आएको छ । तर, वडा प्रहरी कार्यालय भद्रपुरले चोरीको घटनामा सम्लग्न व्यक्तिलाई हाल सम्म पक्राउ गर्न सकेको छैन ।