पथरी/ पथरीशनिश्चरे नपा ५ स्थीत नर्सरीमा निस्कीएको चितुवाले आक्रमण गरी फेरी दुईजनालाई घाइते बनाएको छ ।

घाइते हुनेमा पथरीशनिश्चरे नपा किर्तिपुर घर भएका ३५ बर्षिय बसन्त घिमिरे र पथरीशनिश्चरे ७ बस्ने ३४ बर्षिय ठण्डे लिम्बू रहेका छन् । उनिहरुलाई १७ गते राती ८ बजे मकैबारीबाट आक्रमण गरेका थिए । आक्रमण पर्नेका छातीमा र पछाडीको ढाडमा नंग्राले कोतारेर सक्क्त घाइते बनाएको इस्पेक्टर राजन कार्कीले बताए ।

बिहिबार विहान र साँझ आक्रमणमा परेका घाइतेहरु उपचार भैरहेको छ । घाइते पथरीशनिश्चरेका पत्रकार विजय खम्वू मंगलबारे अस्पताल उलाबारीमा रेविज र टिट्नास विरुद्धको भ्याक्सिन लगाए । ५ दिन सम्म भ्याक्सिन लगाउनु पर्ने पत्रकार खम्बूले बताए ।

रातारात चितुुवा हराए

चितुवा गाउँको नर्सरी र मकैबारीमा स्थानीयलाई आक्रमण गदै ठाउँसरी सरी बसे पछि कसैले पक्रान गर्न सकेनन् । विहिबार विहान १० बजे देखि देखापरेका चितुवा साँझ सम्म हेर्ने मान्छेको भिड थियो । लगभग ६० केजीका ठुला चितुवा गाउँले, प्रहरी र वनकार्यालका कर्मचारीको घेरा बन्दीलगाए ।

घेराबन्दीबाट रातरात चितुवा गायब भएका छन् । विहान उठ्दा चहलपहल नदेखिएपछि सवैले मकैबारी र नर्सरीमा खोज्दा भेटिएनन् । नभेटिएप्छि अहिले सवै फर्केका छन् । बिहिबार बेलुृका खाना खान गएका वन कर्मचारीहरु र शसस्त्र प्रहरी चितुवाको सुरक्षा गर्न घटना स्थलमा नर्फकेका स्थानीयहरुले बताए ।

बिहान सम्म इलाका प्रहरी कार्यालय पथरीका प्रहरीले मात्र चितुवाको घेरा लगाएर बसेको स्थानीय अर्जुन भूजेलले बताए । चितुवा यतै कता हुने भएकोले सर्तक रहनु प्रहरीले आग्रह गरेका छन् ।

चितवनको टोली नआउने भएपछि काठ्माडौको प्राविधिक टोलि मगाएको भएपनि चितुवा गाएव भएपछि नआउने भएको प्रहरीले बताए । फागुन ५ गते पनि राजघाटमा चितुवा निस्केर आतंक मच्चाएका थिए । त्यहाँको चितुवा पनि रातारात गाएब भएका थिए । जनावरको प्राविधिक टोलि टाढा भएकोले समस्याको सामाधान हुन नसकेको स्थानीयहरु बताउँछन् । बिहिबार बिहान १० बजे नर्सरीमा फेला परेको चितुवाले हेर्न चितुवा हेर्न गएका पथरीशनिश्चरे ५ बस्ने २३ बर्षिय पवन ऋषिदेव र ४५ बर्षिय अनिल धिमाल, अमरदह २ बस्ने ४४ बर्षिय धनलाल ऋषिदेव र पथरीशनिश्चरे नपाका पत्रकार विजय खम्बूलाई घाइते बनाएको थियो । पवन र अनिल विहान ११ बजे तिरै घाइते भएका थिए भने धनलाल र खम्बू मध्यान्ह तिर चितुवा भाग्ने क्रममा घाइते भएका थिए ।