काँकडभिट्टा / परिवारसँग विछोड भएर २५ वर्षअघि हराएकी एक चेलीलाई भारतको कोलकाताबाट उद्धार गरिएको छ ।  सप्तरीको फत्तेपुरमा जन्मिएकी कल्पना विष्टलाई कोलकाताको एक मानसिक अस्पतालबाट घर फकाईएको छ । सानै उमेरमा आमाले लिएर हिँडेपछि सम्पर्कविहीन भएकी कल्पनालाई उनकी आमाले मावलीघरबाट सिक्किमका गोबिन कार्कीसँग नौ वर्षअघि विवाह गरिदिएकी थिइन् । घरायसी झगडाका कारण विवाह भएको एक वर्षपछि एक छोरालाई छाडेर उनी घर छाड्न बाध्य भएकी थिइन् । मानसिक सन्तुलन गुमाएर सडकमा पुगेकी कल्पनालाई प्रहरीले अञ्जली मानसिक अस्पतालमा पु¥याएको थियो । १६ महिनाअघि सो अस्पतालमा भर्ना भएकी कल्पनालाई विश्व सेवा विस्तार संस्थाको सहयोगमा कल्पनाका दाजु चन्द्रबहादुर विष्ट र संस्थाका कर्मचारी डिबी रानासहितको टोलीले उद्धार गरेको हो । सो टोलीले अस्पतालमा सम्पूर्ण कागजी प्रक्रिया पूरा गरी शनिबार नेपाल फर्काएर प्रहरीको सहयोगमा परिवारको जिम्मा लगाएको छ । काँकडभिट्टाका डीएसपी दुर्गाराज रेग्मीको रोहबरमा कल्पनालाई परिवारको जिम्मा लगाइएको हो ।