तरहरा (सुनसरी)/हरीत नगरी भनेर चिनिएको इटहरी पछिल्लो समय फोहार र दुर्गन्धीत बन्दै गएको छ । पूर्वकै व्यस्त शहर इटहरीमा फोहोर संकलन गर्ने निकायले काम नगर्दा इटहरी दुर्गन्धीत बन्न थालेको हो ।
इटहरी उपमहानगरपालीले फोहोर उठाउँने जिम्मा पाएको इन्भारो केयर प्रालीले पैसा नदिएको भन्दै आन्दोलित भए पछि इटहरी दुर्गन्धीत भएको हो ।
अस्पताल टोल विकास संस्थाको अध्यक्ष तथा नेपाली काग्रेस नगर सचिव विजय केसीले बजार क्षेत्रमा फोहोर नउठ्दा समस्या भएको वताए । केहि दिन देखि बजार क्षेत्र दुर्गन्धीत भएको कारण समन्धीत पक्षले ध्यान दिनु पर्ने केसीको भनाई छ । बजार क्षेत्रमा फोहोरको थुप्रोहरु गन्हाउँदै आएको भन्दै फोहोर तत्काल उठाउँन उनको माग छ । बजार क्षेत्रको फोहोर तत्काल उठाईयोस् उनले भने ।
होटल ब्यावसायी संघ इटहरीको अध्यक्ष तथा युवा समाजसेवि अनुरोध थापाले उपमहानगर र इन्भारो केयरको लापरवार्हीले फोर उठ्न नसकेको भन्दै आपत्ती जनाए । ब्यावसायीहरुले फोहोरको पैसा महिनाभर तिर पनि फोहोर किन उठ्दैन ? उनले प्रश्न गरे । बजार क्षेत्रको फोहोर नउठ्दा इटहरीमा हिडिनसक्नु भएको उनको भनाई थियो । इटहरीको चौक आसपासमा फोहोरको थुप्रो गन्हाउँन थालेको भन्दै तत्काल फोहोर उठाउँन उनले माग गरे ।
इटहरीका हिरा होटका सञ्चालक प्रकाश महतोले समयमा फोहोर नउठ्दा आफुहरुलाई समस्या परेको वताए । फोहोरको ब्यावस्थापनमा पटक पटक समस्या आईरहेको भन्दै यो विषयमा उपमहानगरपालीका र इन्भारो केयरले गम्भिर त्रुटि गरेको छ महतोले भने फोहोर नउठ्दा चौक आसपासको क्षेत्र गन्हाउँन थालेको भन्दै तत्काल फोहोर उठाउँन माग गरे ।
इटहरीको फोहोर उठाउँने जिम्मा पाएको इन्भारो केयरका कृष्ण भट्टराईले भने आफुहरुले पाउने आर्थिक रकम इटहरी उपमहानगरपालीकाले नदिए सम्म फोहोर नउठाउँने वताए । हाम्रो माग पुरा नहुञ्जेल फोहोर उठाउँदैनौ उनले थपे । उपमहानगरपालिकाले सम्झौता अनुसार ल्याण्डफिल्ड नदिएकै कारण संस्थाले ७ करोड ९८ लाख ७२ हजार आर्थिक क्षति व्यहोर्नु परेको दावी गदै उक्त रकम नआए सम्म आन्दोलन नरोकिने उनको भनाई थियो । कम्पनीले २०७० सालमा ५ बर्षका लागि फोहोर व्यवस्थापन गर्ने सम्झौता गरेको थियो । सम्झौताको अवधि सकिन करिव १ बर्ष मात्र बाँकी रहेको छ ।
इटहरी उपमहानगरपालीका कार्यकारी अधिकृत टिकादत्त राईले भने पहिला सम्झौता गर्दा नगरपालीका र इन्भारो दुवै पक्षको कमजोरी रहेको वताए । नगरपालीकाको त्रुटि भएको देखिन्छ । हामीले अहिले उनीहरुको माग सम्वोधन गर्ने सक्ने अवस्थामा छैनौ उनले भने । नगरवासीवाट पैसा नउठेको कारण त्यसमा हामी सहयोग गरेर पैसा उठाउँने पहल गर्ने सकिन्छ उनले भने ।
निजि लगानीमा बाटैभर डस्बीन
फोहोर ब्यावस्थापनमा इन्भारो केयर तथा उपमहानगरपालीमाले राम्ररी काम नगरेको भन्दै आफ्नो गाउँ टोल आफै बनाउँ’ भन्ने मूल नाराका साथ इटहरीमा बुल्स इलेभेन क्लबले ५० वटा फोहोर हाल्ने डस्बीन बाटोमा राखेको संस्थाको अध्यक्ष पूर्ण राईले जनाए । सुन्दर हरितनगरीको रुपमा परिचित इटहरी फोहोर मैलाले प्रदुशित हुँदै गएकाले संस्थाले आफ्नो ठाउँ आफैले सफा गर्ने अभियान थालेको अध्यक्ष राईले बताएका हुन । राईको एकल प्रयासमा युवाहरु समेटेर बजारको केहि भाग सरसफाई गरएिको वताए । तर फोहोर नउठ्दा इटहरी दुर्गन्धीत भएकोछ अध्यक्ष राईले भने ।
चुनौती बन्दै फोहोर ब्यावस्थाप
उपमहानगरपालिका बनेपछि खनार, एकम्बा, पकली र हाँसपोसा गाविस गाभिएर इटहरी पहिले भन्दा झण्डै तीन गुणा ठूलो बनेको छ । तर इटहरी उपमहानगरपालीमा भने फोहोर ब्यावस्थापन चुनौति हुन थालेको छ । इटहरी उपमहानगरमा अहिले १ लाख ४० हजार जनसंख्या पुगेको छ । करिब २३ हजार २ सय ९४ परिवार संख्याबाट उपठेको फोहोर ब्यवस्थापन डम्पिङ साईड अभावले समस्या हुन थालेको छ ।
तरहराका युवा ब्यावसायी धुब्र भण्डारीले फोहोरको ब्यावस्थापन राम्ररी गर्ने नसकेको भन्दै दैनिक फोहोर वारे कडा प्रतिक्रिया दिदै आएको छ । सामाजिक सञ्जाल फेसवुक मार्फत फोहोरले इटहरी तथा चारकोशे झाडी समेत दुर्गन्धीत हुदै आएको भन्दै ब्यवास्थापनमा लाग्न उनले आग्रह गरेका छन । इटहरीका अधिकांस अगुवा युवाहरुले फोहोरले इटहरी दुगृन्धीत भएको भन्दै फेसवुक मार्फत आक्रोस पोख्न थालेका छन ।