विजयपुर/ धरानमा असिना पर्न सुरु भएको छ । अपराह्न ५ बजेबाट असिना पर्न थालेको हो । धरानमा असिना परेपछि अहिले धरानका सडकहरु सेताम्य हुन थालेका छन् ।
धरानको मौसममा एक्कासी बदली आएपछि चिसो बढेको छ । अहिले असिना पानीसँग सेल्फी खिच्ने र रमाईलो गर्नेहरु बढेका छन् । मेघ गर्जन सहित परेको पानी अहिलेपनि निरन्तर रहेको छ ।हावा हुरी र असिना पानीले क्षती गरेको वा नगरेको कुनैपनि जानकारी प्राप्त नभएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।