इटहरी केहि वर्ष यता पूर्वको हब बन्दै गएको शहर हो । इटहरी इलाकालाई जिल्लाले मात्र हैन क्षेत्रीय कार्यलय हुँदै प्रहरीको केन्द्रिय कार्यलयको सम्म आँखा लाग्छ । इलाका प्रहरी कार्यलय इटहरीमा धेरै खालका प्रहरी अधिकृतहरु आए गए ।

कर्म गर्ने शिलसिलामा प्रहरी अधिकृतहरु आउँनु जानु स्वभावीक हो । प्रहरी अधिकृतहरु इटहरी आउँनु भन्दा अगाडी नै आफ्नो प्रथामिकतालाई डाईरीमा लेखेर आउँछन र आ–आफ्नै शैलीमा एक वर्षभर इप्रका चलाउँने गर्छन । ९ महिना अगाडी इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी नरेशराज सुवेदी अहिले इटहरीमा मात्र नभई पूर्वमा चर्चामा छन ।

संगठनमा निकै इमान्दार प्रहरी अधिकृत गनिने उनी सर्वसाधरणबाट पैसा नलिने अधिकृतको रुपमा चिनिदै छन । प्रहरीले घुस खाएर मात्र काम गर्छ भन्ने नजर उनलाई भेटे पछि आम जनताको नजर फरक हुन्छ । संगठन सुधार्नु पर्छ भन्ने स्वभावका डिएसपी जनताको पैसा नखाने वाचा गरेका छन ।

प्रहरीले गरेको सार्वजनिक सुनुवाईमा समेत प्रहरीले सहयोग सम्म नदिने भन्दै ब्यावसायीहरुले उनको प्रसंसा गरे भने पैसा खुवाएर अवैध काम गर्नेहरु भने उनी देखि रुष्ट छन । अख्तियार तथा अपराध अनुसन्धानमा काम गरीसकेको उनी अहिले पूर्वकै उत्कृष्ट डिएसपी भएको प्रहरी अधिकारीहरु नै उनको प्रशंसा गर्छन् ।

पूर्वको विभिन्न शहरमा यौनकर्मी महिलाहरु (कल गर्ल) सक्रिय छन । इटहरी आसपासको क्षेत्रमा प्रहरीले कल गर्ल खोज्दै छ । यौनधन्दा रोक्न इटहरी प्रहरीको कल गर्ल खोज्ने अभियानमा आम इटहरीवासीले साथ दिनु जरुरी छ ।

विकासको तिब्र गतीमा अघि वढि रहेको इटहरीलाई सुधार्ने अभियानमा आम जनताको साथ अपरिहार्य छ । केहि वषै यता इटहरी सुध्रदै गएको शहर हो । केहि वर्ष सम्म यौनधन्दाको कारण बदनामित शहर अहिले पूर्वकै सुन्दर शहरले चिनिन्छ ।

यौन विकृतिले नरात्मक सन्देश दिदै आएको इटहरी अहिले यौन ब्यावसायमा सुनसान जस्तै भए पनि केहि ब्यापारीहरुले थोरै समयमा धेरै कमाउँने लोभले कल गर्ल मार्फत यौन ब्यावसाय गराउँनेलाई कानुनी दायरमा ल्याउँनु आजको आवश्यता हो ।

समाजमा विकृतीमय वनाउँने यौन धन्दा गराउँनेलाई कडा कार्वार्ही गर्ने सके शहर सुध्रने पक्का छ । इटहरीमा करीव ९ महिना अगाडी आएका डिएसपी नरेशराज सुवेदी अपराधिक गतिविधि नियन्त्रणसँगै यौनधन्दा रोक्ने काममा सक्रिय छन ।

केटी मिलाउँने र पैसा लिने महिलालाई पक्राउ गर्ने अभियानमा लागेको इटहरी प्रहरीले निकै सफलता पाएको छ । अहिले इटहरीका होटल तथा लजहरुमा प्रहरीले नियमित सर्च गर्न थालेको छ ।

कहाँबाट आउँछन् यौनकर्मी महिलाहरु ? क कस्ले गराउँछन यौन धन्दा ? यस विषयमा गम्भिर अनुसन्धान गरी कार्वार्ही गर्नु आवश्यक छ । शहरीया तामझाम मिठो खाना र राम्रो नाना लाउँन पाउँने भोकले वर्षेनी पहाड र तराईका बाट यौनकर्मी महिला बनाउँनेलाई कडा भन्दा कडा कार्वार्ही गर्नु आवश्यक छ ।

होटल र रेष्टुरेण्डको नाममा अवैध भन्दा संञ्चालन गर्नेलाई समेत ठेगान लगाउँने कार्य जुन इटहरी प्रहरीले गरेको छ त्यो इटहरीवासीको लागी असाध्यै राम्रो काम हो । यौन विकृतिले नरात्मक सन्देश दिदै आएको पूर्वकै केन्द्र बिन्दुको रुपमा रहेको इटहरीले नयाँ रुप लिन थालेको छ । यो इटहरी प्रहरीले गरेको राम्रो काममा आम जनताले साथ दिनु जरुरी छ ।

प्रहरी हातेमालो आवश्यक

इटहरी आफैमा अरु शहरहरुको तुलनामा अलि फरक छ । यहाँ सम्पन्न परीवार देखि दाउरा वेचेर जिविकोपार्जन गर्नेहहरुको वसोवास छ । खुल्ला सिमाना नजिक तथा अन्य ठाउँवाट समेत यस क्षेत्रमा आई अपराधिक गतिविधि गर्ने सम्भवना धेरै रहन्छ ।

त्यस कारण इटहरीवासीले संकास्मक ब्यक्तिहरुको वारेमा प्रहरीलाई जानकारी गराउँनु पर्छ । चुनाको मुखमा विभिन्न खाले अपराधीहरु सक्रिय हुन नदिन इटहरीवासीले समेत प्रहरीलाई चनाखो वनाउँन लाग्नु पर्ने देखिन्छ ।

इटहरी आपासको क्षेत्रमा चोरी तस्करी र गुण्डागर्दी रोक्न सामाजिक क्षेत्रबाट समेत दवाव दिन आवश्यक छ । साना हतियार, लागु औषधको कारोबार र चोरी तस्करीवाट हुने सजिलो आम्दानीका कारण हुने अन्य सामाजीक अपराध नियन्त्रणमा प्रहरीले जनता सँग हातेमालो गर्नु पर्छ ।

इटहरी प्रहरीले लामो समय देखि गर्ने नसकेको ठुला अपराधीक गिरोहहरुलाई पक्राउ गर्ने कामले इटहरीवासी उत्साहित भएका छन । जनताले शान्तीसुरक्षाको अनुभुति दिन इटहरी प्रहरी जुन कदम देखाएको छ त्यो राम्रो छ ।

अपराधिक गतिविधि गर्नेहरुको टान्जिट पोईन्ट वन्दै गएको इटहरी पछिल्लो समयमा सुध्रदै सुधार्नु र विभिन्न अपराधीहरु लुक्ने ठाउँको रुपमा विकास भईरहेको इटहरीमा अहिले अपराधीहरुको सुरक्षीत हुने ठाउँ नपाउँनु इटहरीवासीको लागी खुसी हैन र ?

चुनावमा चनाखो

स्थानीय निर्वाचनले अहिले देश तातेको छ । चुनावको तयारी तिब्र छ । तर पछिल्लो केहि समय यता पूर्वी नेपालमा अपराधिक गतिविधी गर्ने गिरोहहरु सल्बल्याउँन थाले पनि पूर्वकै अपराधिक हवको रुपमा चिनिएको इटहरी भने केहि महिना यता शान्त छ ।

समान्य घट्ना वाहेक ठुला अपराधिक घट्ना भईहालेको छैन । केहि महिना अगाडी पूर्वकै अपराधीको नाईके सहित ४ वटा पेस्तोल इटहरीले पक्राउ गरे सँगै इटहरी केहि हद सम्म शान्त वन्न थालेको हो ।

हत्या ,चोरी तस्करीका साथै गुण्डागर्दीको घट्ना तिब्र हुने इटहरीमा ठुलो घट्ना भएको छैन । ठुला घट्नालाई रोक्न विशेष योजनाका साथ प्रहरीले काम गर्नु पर्ने देखिन्छ । पूर्वको विभिन्न जिल्लामा अपराधिक गतिविधि गर्नेहरु बढि रहेको भए पनि पूर्वकै अपराधिक गतिविधि गर्नेहरुको संख्या वढिरहेको छ भन्दा फरक नपर्ला ।

हत्या हिंसाको घट्नाहरु वढिरहे पनि अपराधीहरु समेत समयमै पक्राउ गर्ने नसक्नु प्रहरी चुनौती हो । विशेष गरी सुनसरी,मोरगं लगायतका जिल्लामा भईरहेको अपराध नियन्त्रणमा प्रहरी किन .अल्मलीएको छ ? किन फक्राउ पर्ने सकेका छैनन् ठुला अपराधी ? यस विषयमा किन गम्भिर भएनन् पूर्वका सुरक्षा अधिकारीहरु ?

यस विषयमा प्रहरीले गम्भिर हुन जरुरी छ । पूर्व आफैमा सम्वेदनशिल क्षेत्र हो । खुल्ला सिमानाको चुनौती भएको पूर्वमा शान्ती सुरक्षालाई मजवुद वनाउँन प्रहरी लागी पर्नु पर्ने देखिन्छ । अधिकांस ठुला घट्नाका दोसी पक्राउ पर्नु नसक्दा सुरक्षा थ्रेड बढिरहेको प्रष्ट हुन्छ ।