इटहरी / नेपालको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरमा गोरखा डिपार्टमेन्ट स्टोरले अखण्ड दीप प्रज्ज्वलन गरेको छ । बुधबार नवरात्रको अवसरमा गोरखा डिपार्टमेन्टले कलात्मक दीप प्रज्ज्वलन गरेको हो ।

नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले मन्दिरमा दीप प्रज्ज्वलन गरेका थिए । सो अवसरमा गोरखा डिपार्टमेन्टका सञ्चालक बलराम आचार्यसहित नेपाली सेनाको २ नम्बर वाहिनीपति र २१ नम्वर पाहिनीपतिको पनि सहभागिता थियो । गोरखा डिपार्टमेन्टका सञ्चालक आचार्य र परिवारका तर्पmबाट पाथीभरामा दीप प्रज्ज्वलन गरिएको हो । यसैगरी गोरखा डिपार्टमेन्टले माथिल्लो फेदीबाट निर्माण शुरु गरेको बाटोका लागि फलामको रेलिङसमेत उपलब्ध गराएको गोरखा डिपार्टमेन्टका सञ्चालक आचार्यले बताए । नेपाली सेनाले पाथीभरा मन्दिर जाने बाटो निर्माण गरिरहेको छ । चार सय मिटर लामो बाटोका लागि गोरखाले रेलिङ उपलब्ध गराएको हो ।