फिल्म ‘मैंने प्यार किया’ को शुटिङ चलिरहेको थियो । सलमान खान भाग्यश्रीको साथ हासिमजाक गरेर भग्दै गर्दा अचानक लडे । हासेर भाग्यश्रीले भनिन् केही छैन, हुन्छ, हुन्छ । सूरज बडजात्या साहबले यो सीन फिल्ममा लिए ।

२८ वर्ष पहिला फिल्म मैंने प्यार कियाको भाग्यश्री तथा आजकी भाग्यश्रीमा आकाश जमिनको फरक छ । तर भाग्यश्री सूरज बडजात्याको फिल्मको आदर्श हिरोइन थी । अज उनी पूर्णरुपमा ग्यालमर अवतारमा आएकी छिन् । आफूमा आएको यो बदलाव बारे भाग्यश्री भन्छिन्,‘म मा पहिलो आत्मविश्वासको कमी थियो, महिलमामा उमेर बढेसँगै आत्मविश्वास बढ्छ । मेरो जीवनमा पनि यस्तै भयो ।’

मैंने प्यार किया सलमान खानको पहिलो तथा भाग्यश्रीको एकलौटी हिट फिल्म थियो । सलमानका साथ उनको जोडी खुब मनपराइएको थियो । यो फिल्मबाट सलमान भारतीय फिल्मको उच्च स्थानमा पुग्न सफल भएका मान्छिन् । तर भाग्श्रीले विवाह गरेर परिवारलाई प्रथमिकता दिन पुगिन् । उनी भन्छिन् यदी उनले आफ्नो फिल्मी करियर जारी राखेको भए जिन्दगी एकदम फरक हुने थियो ।

उनले भनिन् मैले धेरै छोडे, म धेरै गर्न सक्ने थिए । धेरै ट्यालेन्टहरुसँग काम गरिसकेको थिए । फिल्म मैने प्यार कियापछि भाग्यश्रीले फिल्म त खेलिन् तर आफ्ना पनि हिमालयसँग मात्र ।

उनलाई दोस्रा कलाकारसँग फिल्म खेल्न कुनै समस्या थिएन तर रोमान्टिक सिन गर्न उनी आफ्ना पतिसँगमात्र सहज महसुस गर्थिन् ।

मैने प्यार कियामा भाग्यश्रीका कारण कयौं सिनलाई फेरिएको थियो । यो कुरा सलमानले पनि सार्वजनिक रुपमा भनिसकेका छन् ।

तर भाग्यश्रीका अनुसार एक मात्र सीन जुन गर्नका लागि उनलाई असहजता महसूस भएको थियो । उनले भनिन्,‘एक सीन थियो जसमा मलाई कुदेर गएर सलमानको अंगालो मार्नु थियो । यो सीन नयाँ जेनेरेसन सुने हास्छन् होला तर यो मेरो पहिलो पटक थियो कि म कुनै पुरुषको गलामा लागेको थिए ।

उनले उक्त सिन हटान प्रयास नगरेकी होइनन् । तर त्यो सम्भव भएन । उनले उक्त सिन गरिन् । तर, त्यसपछि उनको आशु थामिएन ।