इलाम जेलबाट छुटेकाले थिए अमेरिकन पेस्ताेलसहित पक्राउ पर्नेहरू
इटहरी/सुनसरीको पकलीमा प्रहरीले दुई युवालाई पेस्तोलसहित पक्राउ गरेको छ ।
को २८ प ५७७० नम्वरको मोटरसाइकलमा सवार प्रेमकुमार राई र अमित सिंहलाई अटोमेटिक पेस्तोल, तीन राउण्ड गोली र दुई वटा म्याग्जीन सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरिक्षक शान्तिराम कार्कीले जानकारी दिए ।
शनिबार दिउँसा सवा २ बजेतिर सवारी चेक जाँचका क्रममा उनीहरु पक्राउ परेका हुन् । मोरङको सुन्दरदुलारी ६ घर भएका ३३ वर्षीय राई र मोटरसाइकल पछाडि बसेका इटहरी ६ बज्राहाका अहित सिंहले भारतीय सिमाबाट ६० हजार रुपैयाँमा पेस्तोल किनेको प्रहरीलाई प्रारम्भिक वयान दिएका छन् ।
प्रहरी निरिक्षक कार्कीका अनुसार उनीहरुको साथबाट म्यागजिन २ वटा तीन राउण्ड गोली र अटोमेटिक पेस्तोल बरामद गरिउको हो । पक्राउ परेका राई ज्यान मार्ने उद्योगबाट ५ वर्ष सजाय तोकी भुक्तान गर्दै गर्दा गएको संविधान दिवसको दिन इलाम कारागारबाट छुटेको बताइएको छ । उनीहरुलाई हात हतियार खरखजना अन्तरग मुद्धा चलाउने तयारी भइरहेको पनि पकली प्रहरीले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























