धरानमा फेरी लागूऔषधसहित पक्राउ
धरान/धरान प्रहरीले तिनकुने नाकाबाट शनिबार साँझ दुईजनालाई लागूऔषधसहित समातेको छ ।
को २१ प ९८९६ नम्बरको स्कुटीमा आउदै गर्दा चेकजाँच गर्ने क्रममा धरान–३ का संजयकुमार ठाकुर, र पछाडी सवार धरान–२ का संगम शाक्यलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ९० एम्पुल टिडी जेसिक बरामद गरेको हो ।
सञ्जयले कम्मरको पेटीमा बाधेर ल्याएको अवस्थामा उक्त परिणाममा लागूऔषध पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए । उनीहरुलाई लागूऔषध मुद्दामा अनुसन्धान भइरहेको उनले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























