धरान/गायक भक्तिराज राईले पहिलो पटक धरानमा लाइभ संगीतमा ‘भक्तिराज एकल साँझ’ गरेका छन् ।
[caption id="attachment_42666" align="alignnone" width="1186"]
तस्बिरः भाेजराज श्रेष्ठ[/caption]
धरान–१० स्थित सैनिक भवनमा एकल साँझ गर्दै उपस्थित दर्शकहरुलाई गीतमार्फत नचाए । करिव एकदशकदेखि सांगीतिक क्षेत्रमा अविछिन्न रुपमा लागि परेका राईको एकल सांगीतिक कार्यक्रमले दर्शकलाई नचाउन सफल भयो ।
‘बनेको छ पहराले यो छाती मेरो’ बोलको राष्ट्रिय गीतबाट साँझको प्रारम्भ गरे । पहिलो र दोस्रो सेसन गरी उनले आधा–आधा दर्जन गीत प्रस्तुत गरे । आफ्नो पूरानो र नयाँ गीतसमेत लञ्च गरे । उनले आफ्नो पुरानो गीत ‘रम्भा भेटैमा’ र नयाँ ‘के तिम्रो मेरो सफर’ बोलको गीत लञ्च गरे ।
आधुनिकशैलीको उक्त गीतमार्फत् दर्शकहरुले भरपूर मनोरञ्जन लिएका थिए । उनले
‘केही मिठो बात गर, मायाले यसरी मा¥यो, छिनछिन मै हास्न मन लाग्छ, आकाशैमा चिल हो कि बेसार, सुन साइली, साकेला, नाई नभन्नु ल र मोहनी लाग्ला है’ बिट मारे ।
महेश थुलुङको आकासैमा चिल हो कि बेसारमा उनलाई वान्स मोर भने पनि समय अभावका कारण
दोहोर्याएनन् । ५ बजे भनिए पनि २ घण्टा ढिलो गरी कार्यक्रम सुरु भएको थियो । उनलाई प्रत्यक्ष संगीत मार्फत् वाद्यबादकहरुले सहयोग गरेका थिए ।
त्यस्तै उनलाई गायनमा नोभा लिम्बूले सहयोग गरिन् । त्यस्तै हेन्जिली लिम्बूको नृत्यमा दर्शकहरुले थप मनोरञ्जन लिए । कार्यक्रममा प्रमुख अतिथि ब्लाष्ट दैनिकका प्रधान सम्पादक राजकुमार कार्कीले गायक राईलाई उत्तरोत्तर प्रगतिको कामना गरे ।
गीत संगीतले मनलाई शान्ति र आनन्द दिने बताउँदै कार्कीले कविताका केही हरफसमेत बाचन गरेका थिए । कार्यक्रममा उनलाई विभिन्न स्कुल तथा संघसंस्था र व्यक्तिहरुले सहयोग गरेको थियो ।