धरान/विगत लामो समयदेखि गीत लेखनमा सक्रिय रहेका सानु तिवारीको ‘युनिक’ सार्वजनिक भएको छ ।
शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजनागरि उनले एल्वम सार्वजनिक गरेका छन् । एल्वममा
एक धरको सिन्दुर..,
जवानीमा...,
भोजपुर जिल्ला..,
सिमसिमलगायत पाँच गीत समावेश गरिएको छ । डीजराज पौडेलको एकल स्वर सङ्गीत रहेको छ भने सङ्गीत संयोजन रामकार्कीले गरेका छन् । कलेक्सन एल्वममा गीत लेख्ने सानुकाे याे पहिलो एल्वम हो ।
एल्वममा रहेको गीतमध्ये ‘
एक धरको सिन्दुर’ काे म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियोमा ईश्वर, श्रृष्टि र नवीनले अभिनय गरेका छन् । किशोर अनुरागको निर्देशक रहेको भिडियोलाई शिव पंगेनीले कैद गरेका हुन् । मधुर गीत लेखनमा सक्रिय रहेका सानु चलचित्रहरुमा पनि गीत लेख्ने गर्छन् ।
२०६४मा ‘
घात’ गीतिसङ्ग्रह बजारमा ल्याएका सानु भोजपुर तिवारी भञ्ज्याङ् का स्थायी बासिन्दा हुन् । सानु समाजसेवा र व्यवसायमा ब्यस्त हुँदा हुँदै पनि गीती लेखनमा आफूलाई सक्रिय राख्दै आएका छन् ।