विदेश लगिदिने भन्दै ठगी गर्ने पक्राउ
‘दुवई र कतारमा महिनाको डेढ लाख रुपैयाँ तलब हुने भन्दै २४ जनाबाट जनही एक लाख रुपैयाँ लिएर ठगी गरेको भन्दै पिडितद्वारा प्रहरीमा निवेदन ।’
इटहरी/वैदेशिक रोगगारीमा लैजाने भन्दै विभिन्न व्यक्तीबाट ठगी गरेको अभियोगमा इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–५ का मनोहरी भट्टराईलाई पक्राउ गरेको छ ।
डेढ लाख रुपैयाँ भन्दा तलब हुने भन्दै २४ जना युवाबाट जनही एक लाख रुपैयाँ लिई वैदेशिक रोजगारीमा समेत नपठाए पछि उनीहरुले इलाका प्रहरी कार्यालय इटहरीमा भट्टराई विरुद्ध ठगीको निवेदन दिएका हुन् । खोटाङ घर भई इटहरी ५ बस्ने दिपक खत्रीसमेत ६ जनाले शनिबार इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिएका छन् ।
भट्टराईले आफूहरु सहित २४ जनाबाट जनही एक लाख रुपैयाँ लिएको निवेदनमा जनाइएको छ । भट्टराईले दुवही र कतारको एईजीडीसी ग्याँस कम्पनीमा रोजगारी दिलाई दिने र त्यहाँका मासिक ५ हजार तलब हुने भन्दै भन्दै पैसा लिएका पिडित युवाले जनाएका छन् । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीका अनुसार भट्टराईको कुनै दर्ता भएको मेनपावर व्यवसाय समेत छैन । भट्टराईले शान नेपाल मेनपावर मार्फत वैदेशिक रोजगारीमा लैजाने भन्दै रकम लिएको बताइएको छ ।
उनले ठगी गर्ने उदेश्यलेनै रकम लिएको भन्दै भट्टराईलाइ ठगी मुद्धा चलाइने बताए । यता भट्टराईले भने मोरङ विराटचौकका देव श्रेष्ठ मार्फत काम हुने भन्दै पैसा लिएको प्रहरीलाई बताएको प्रहरी श्रोतले जनाएको छ । प्रहरीले श्रेष्ठको पनि खोजी गरिरहेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































