बाहुबलीको शानदार सफताकाबीच प्रभास स्टार बनिसकेका छन् ।

यस्तोमा सवैले प्रभासको व्यक्तिगत जिन्दगीबारे जान्न चाहन्छन् । उनी कहिले विवाह गर्छन्, कस्तो जिन्दगी जिउँछन् भन्ने सवैमा चासो हुन्छ । ६ हजार युवतीले विवाहको प्रस्ताव गरेपनि त्यसालाई अस्विकार गरेका प्रभास भने बलिउड अभिनेत्री दीपिका पादुकोणमा आएर अड्किएका छन् । बाहुबली–२ मा मूख्य भूमिका, अभिनयका कारण लाखौ. युवतीको दिलको धड्कन बनेका प्रभासलाई दीपिका बहुत मनपर्ने अभिनेत्री हुन् । यसको खुलासा स्वयम् बाहुबली अर्थात प्रभासले एक अन्तर्वाताका क्रममा भनेका हुन् । प्रभासले आफूलाई दीपिका मन पर्ने बताएका हुन् । एक फिल्म उनीसँग खेल्ने इच्छा रहेको उनले बताएका हुन् । बाहुबली सीरिजका कारण लगभग पाँच वर्षसम्म व्यस्त रहेको प्रभास अव खाली भएका छन् । ३७ वर्षका प्रभास आजभोलि अमेरिकामा आफ्ना साथीसँग विदा मनाउन गएका छन् । उनी सयद जूनको पहिलो हप्तामात्र भारत फर्कने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकामा भएका कारण उनले बेलायत फिल्म इन्स्टीच्यूटमा भएको बाहुबली द कन्क्लूजनको बेलायती प्रिमियरलाई गुमाएका छन् ।