अभिनेत्री लिसा हेडन अहिले पाँच महिनाकी गर्भवती छिन् । उनले गर्भावस्थाको मज्जा निकै उठाएकी छिन् । त्यो कसरी भने, उनले हालै एउटा म्यागजिन कभरका लागि फोटोसेसन गराइन् ।
गर्भवती भएको अवस्थाका फोटाबाट समेत चर्चा बटुल्ने उनको दाउदेखि मिडियाकर्मी नै चकित परेका छन् । उनले आफ्नो गर्भावस्थाको फोटो बिकनीमा समेत खिचाएकी छिन् ।
भारतीय मिडियाले उनी यस्तो अवस्थामा पनि हट देखिएको दाबी गरेका छन् । लिसा पछिल्लो समय ‘ए दिल है मुस्किल’ फिल्ममा देखापरेकी थिइन् । लिसा पहिलोपटक आमा बन्न लागेकी हुन् ।